प्रधानमन्त्री शेरबहादुर देउवको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्वजनिक गरेको छ । प्रधानमन्त्री देउवाले गएको साउन २० गते बुझाएको सम्पत्ति विवरण कार्यालयले हालै आफ्नो वेब साइटमा राखेको छ । प्रधानमन्त्री देउवाको नाममा जग्गा जमिन नरहेको उल्लेख छ ।

बुवा प्रसाद सिंह देउवाको नाममा डँडेलधुरामा सगोलमा रहेको ६७ रोपनी बढी जमिन र कञ्चनपुरमा दाजुभाइको नाममा रहेको सगोलको १० विगाह जमिन रहेको प्रधानमन्त्री देउवाले आफ्नो सम्पत्ति विवरण उल्लेख गरेका छन् । सगोलमा रहेको जमिनलाई छाडेर भन्ने हो भने प्रधानमन्त्री सुकुम्बासी रहेका छन् ।

यस्तै विवाहका क्रममा २०५१ सालमा १० वटा सुनको असर्फी, दुई तोलाको दुईवटा सुन सिक्री र पाँच तोला सुनको एउटा ब्रासलेट दाइजोको रुपमा प्राप्त भएको प्रधानमन्त्री देउवाले २०५३ देखि २०७० सालसम्ममा स्वआर्जनबाट एक तोलाका चारवटा सुनको औंठी रहेको उल्लेख गरेका छन् । उक्त औँठी हिरा, पन्ना, रुबी र मुगाजडित रहेको जनाइएको छ ।

यस्तै २०७० मंसिरदेखि हालसम्म प्राप्त भएको सांसद्को पारिश्रमिक बापतको १६ लाख ५० हजार ७३९ रुपैयाँ प्रधानमन्त्री देउवाको नाममा नगद व्यालेन्स रहेको विवरणमा उल्लेख छ।

आफू बस्दै आएको काठमाडौंको बुढानिलकण्ठमा रहेको घरजग्गाका बारेमा केही नखुलाइएका प्रधानमन्त्री देउवाले आफूसँग सवारी साधन समेत नरहेको जनाएका छन् । साथै शेयर, ऋणपत्र, धितोपत्र पनि आफूसँग नरहेको प्रधानमन्त्री देउवाले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah