प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगंजको मतगणना फेरी रोकिएको छ ।
वडा नं १६ ,१७ र १८ को मतगणना शुरु गर्नु पर्ने माग राख्दै संघीय फोरम ,माओवादी केन्द्र ,एमाले ,काँग्रेस लगायतका राजनीतिक दलले विरोध गरेपछि मतगणना रोकिएको हो । उनीहरुले उक्त वडाको पुन मतगणना गर्नु पर्ने माग राखेका छन् ।
केही समय अघि महानगर वीरगंजको मतगणना भइरहेको ठाकुरराम बुहुमुखी क्याम्पसको मुल गेटमा विभिन्न राजनीतिक दलका प्रतिनिध तथा नेता कार्यकर्ताहरुले नाराबाजी गर्दै मतगणना अवरुद्ध पारेका छन् ।
मतगणना स्थबाट राजनीतिक दलका प्रतिनिधीहरु बाहिरीएपछि रोकिएको हो । उनीहरुले यथाशिघ्र ती तीन वडाको मतगणना शुरु गर्नु पर्ने माग राखेका हुन् ।
यस विषयमा पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसंग कुरा गर्दा मतगणना जारी रहेको वडा नं १० घडिअर्वा ,११ श्रीपुर ,१५ लक्षमणनवा र १९ विन्दवासिनीमा मतगणना सकेपछि राजनीतिक दलको बैठक राखी ती तीनवटा वडाको मतगणना गर्ने बताउनु भयो ।



