बिपिपि
दमक/स्थानीय तहको निर्वाचन सकिएसंगै अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनको हिसाव किताब शुरु भएको छ । उम्मेदवारहरुको चर्चा परिचर्चा शुरु भएको छ ।

पहिलो पटक संघीयतामा गएपछि निर्वाचन हुदैछ । यसले गर्दा पनि धेरैले चासोको बिषय रहेको छ भने थुप्रै नेताहरुको हैसियत एकसाथ बढ्ने देखिन्छ ।

नेकपा एमालेभित्र भावि प्रधानमन्त्री र मुख्यमन्त्री तोकेर उसकै कमाण्डमा निर्वाचनमा जाने दबाब रहेको बताइन्छ । आफ्नो गुट वा चाहेको ब्याक्ति नहुने देख्दा एउटा समुहले यसलाइ इन्कार समेत गरेको छ । तर बहुमत केन्द्रिय सदस्य तथा पदाधिकारीहरु मुख्यमन्त्री सहित प्रधानमन्त्री तोकेर जानु पर्ने अवस्थामा रहेकाछन् ।

एमालेबाट प्रदेश नं. १ मा ३ जनाको नाम दर्बिलो रुपमा चर्चामा रहेको छ । सचिब योगेश भट्टराइ र नेता शेरधन राइको चर्चा रहेको छ । भट्टराइले त मतदाता नामवली समेत आफ्नै जिल्ला ताप्लेजुङमा ल्याइसकेकाछन् ।

तर एकाथरीले भने लालबाबु पंण्डितलाइ अघि सार्नु पर्ने बताएकाछन् । पंण्डितले आफू मन्त्री हुदा कमाएको साखका कारण उनको नाम पनि चर्चामा आएको हो ।

स्थानीय तह निर्वाचनमा बिराटनगर महानगरको मेयरमा समेत उनलाइ उठाउनु पर्ने बताइएपनि उनले यसलाइ अस्वीकार गरेका थिए ।

अब मुख्यमन्त्री बन्ने अवस्था आए उनले के गर्लान् त्यो बाहिर आएको छैन । उनले आँकाक्षा नदेखाएपनि उनको पक्षमा कार्यकर्ताहरुको जोडबल रहेको एक एमालेका नेताले बताएकाछन् ।

मुख्य मन्त्रीमा अन्य पार्टीका ब्याक्तिहरुको चर्चा शुरु भएको छ । झापाली युवा नेता बिश्वप्रकाश शर्मा र शेखर कोइरालाको काँग्रेसबाट सबैभन्दा बढि चर्चा रहेको छ । माओबादी केन्द्रबाट गोपाल किरातीको नाम चर्चामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah