अखिल क्रान्तिकारीका हालै निर्वाचित केन्द्रिय अध्यक्ष रञ्जित तामाङ र उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफूहरु बिद्यार्थीहरुको अधिकारप्राप्तिमा आन्दोलन तुहाने षडयन्त्र र बिद्यार्थीहरुको हकहित बिरुद्धका कसैसंग पनि कुनै प्रकारको सम्झौता नगर्ने बताएकाछन् ।
उनिहरुले मंगलवार गृह जिल्ला झापाको दमकमा भएको कार्यक्रममा यस्तो बताएकाहुन् । बिद्यार्थीहरुका समस्याहरुको हल गर्न र बिद्यार्थीहरुको पढ्न पाउने अधिकारको शुनिश्चित गर्न आफूहरु सधै अघि बढ्ने उद्घोष गरेकाछन् । कमल गाँउपालिकाका स्थायि बासिन्दा अध्यक्ष तामाङ र दमकका स्थायि बासिन्दा बस्नेतले झापा आन्दोलनको उर्वर भूमि रहेको बताउदै झापाले पाएको नेतृत्व सधै गर्व
गनए लायक बनाउने प्रतिबद्धता पनि जनाएका थिए ।
क्रान्तिकारीको झापा जिल्ला समितिद्वारा दमकमा आयोजित कार्यक्रममा तामाङ सहित झापाकै उपाध्यक्ष सुरेन्द्र बस्नेत पनि सम्मानित भए । बस्नेत खुल्ला ४ उपाध्यक्ष मध्ये सबैभन्दा धेरै मतका साथ विजयी भएका थिए। सम्मानित हुनेमा १ नं. प्रदेशवाट निर्वाचित सचिव मदन भट्टराई लगायत थिए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज झलकसिंह दर्लामी,राजु आचार्य,विजय साङपाङ लगायतले वधाई र शुभकामना मन्तब्य दिएका थिए। कार्यक्रम जिल्ला अध्यक्ष कुमार खतिवडाले बताए ।



