बाल्टिमोर। अमेरिका बस्दै आएकी अभिनेत्री अरूणिमा लम्सालले डिभोर्स गरेकी छन् । उनले पति अमित अर्यालसँगको १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई एक साताअघि टुंग्याएको अरूणिमा निकट एक फिल्मकर्मीले पुष्टि गरेका छन्।
हाल अरूणिमा आफ्नी छोरी र बाबुआमाका साथमा बस्न थालेकी छन्।
ती फिल्मकर्मीका अनुसार, अरुणिमा र पति अमितबीचको सम्बन्धमा बिहेको केही वर्षमै समस्या आएको थियो । उनीहरूबीच केही महिनायता सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनीहरूबाट एक छोरी छन्।
हाल बाल्टिमोरमा बस्दै आएकी अरूणिमाले पतिले आफूलाई अनावश्यक शंका गर्ने र स्वतन्त्रतामा बन्देज लगाउने गरेकाले छुट्टिने निर्णय गरेको स्रोतले बतायो ।