काठमाडौँ, ११ असोज- एमालेले १६ असोजबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने भएको छ । पार्टी कार्यालय, धुम्बाराहीमा मंगलबार बसेको स्थायी समिति बैठकले छनोटको विधि, प्रक्रिया र मापदण्ड टुंगो लगाउँदै १६ गतेबाट प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । २६ र २७ असोजभित्र प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारको अन्तिम टुंगो लगाइसक्ने कार्यतालिका बैठकले पास गरेको छ, नयाँ पत्रिकामा खबर छ ।
समानुपातिकका सांसदलाई दोहोरिन रोक
एमालेले उम्मेदवार छनोटको मापदण्ड तय गर्दै यसअघि संविधानसभामा समानुपातिकतर्फबाट सांसद बनिसकेकाहरू पुनः पुरानै कोटाबाट उम्मेदवार बन्न रोक लगाएको छ । अब एमालेका समानुपातिक सांसद प्रत्यक्षतर्फको मात्र उम्मेदवार बन्न पाउनेछन् ।
यस्तो छ छनोट प्रक्रिया र कार्यतालिका
स्थायी समितिले १६ र १७ असोजमा हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश सभा क्षेत्रीय समन्वय कमिटीको बैठकमार्फत सकभर सर्वसम्मत एकल उम्मेदवार छान्नुपर्ने निर्णय गरेको छ । सर्वसम्मत हुन नसकेको अवस्थामा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा एक महिलासहित ३ जनाको नाम सुझाबसहित जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ । ती नाममा राय–सुझाबसहित जिल्ला कमिटीले १९ र २० असोजमा बैठक बसेर प्रदेश संगठन कमिटीमा पठाउने र २२ र २३ असोजमा प्रदेश संगठन कमिटीले बैठक बसेर राय–सुझाबसहित नाम स्थायी समितिमा पठाउनुपर्ने निर्णय एमालेको छ । समानुपातिकतर्फ थुप्रै आकांक्षी भए पनि जिल्ला कमिटीले प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा एक महिलासहित ३–३ जना समानुपातिकतर्फका उम्मेदवारको नाम मात्रै माथिल्लो कमिटीमा पठाउन पाइने एमालेको निर्णय छ । तलबाट आएका सबै नाममा २६ र २७ असोजमा बस्ने स्थायी समिति बैठकले राय–सुझाबका आधारमा अन्तिम निर्णय गर्ने सचिव पृथ्बीसुब्बा गुरुङले बताए । २९ असोजमा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पठाउने कार्यतालिका छ ।
उम्मेदवार छनोटका आठबुँदे मापदण्ड
निष्ठावान्, अनुशासित, विधि र संस्थागत प्रणाली अनुसरण गर्ने
भ्रष्टाचार र नैतिक पतन नदेखिने, सार्वजनिक प्रतिष्ठामा आ“च नआएको
जनतामाझ लोकप्रिय, जनसेवी, सामाजिक समस्या समाधान गर्ने, विजय सुनिश्चित भएको
संसदीय विषयवस्तुमा दख्खल
समावेशिता, सामाजिक पक्ष र भौगोलिक सन्तुलन
स्थानीय निर्वाचनमा बागी, विद्रोही र असहयोगीले नपाउने
स्थानीय तहमा प्रमख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्षका उम्मेदवार संघ र
प्रदेशको उम्मेदवार बन्न नपाउने
यसअघि समानुपातिका सांसद भएका पुनः समानुपातिकमा उम्मेदवार बन्न नपाउने