नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाइ प्रतिनिधिसभा निर्वाचनका लागि स्थानीय पार्टीले सर्वसम्मत रुपमा नाम सिफारीस गरेको छ । उनको मात्र नाम सिफारीस भएकाले उनी अब पक्का उम्मेद्वार बन्ने भएका छन् ।
उनलाई प्रदेश नं. १ को मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको थियो । तर यो सिफारीसले गर्दा अब मुख्यमन्त्री को बन्ला भनेर चर्चा शुरु भएको छ । शर्मालाइ प्रदेशसभामा सिफारीस नगरेर अरुलाइ नै गरिएको छ ।
प्रदेश सभाका लागि झापा क्षेत्र नं. १ को ‘क’ क्षेत्रका लागि सांसद उषा गुरुङ, काँग्रेस जिल्ला उपसभापति राम कट्टेल र जिल्ला कोषाध्यक्ष केशबराज पाण्डेको नाम सिफारिस गरेको क्षेत्रीय सचिब खड्गबहादुर धिमालले जानकारी दिए ।
त्यसैगरी क्षेत्र ‘ख’ का लागि काँग्रेस महासमिति सदस्य तथा अधिवक्ता अशोककुमार पोखरेल, जिल्ला सचिब प्रेम सम्बाहाम्फे र महिला नेत्रृ झुनादेवी बानियाँको नाम सिफरिस गरेको छ ।



