नेपाल चलचित्र छक्कापञ्जा २ छक्कापञ्जा १ जस्तो जसले सोचेर हेर्न जान्छ त्यो चित खानेछ । जस्तो बाहिर पुरानै चलचित्र जस्तो होला र त्यसकै निरन्तरता २ होला भन्ने हल्ला छ त्यस्तो छैन चलचित्र । धेरै फरक रहेको छ ।

कथाबस्तु देखि लिएर प्रस्तुती सम्म फरक रहेको पाईएको छ । नयाँ पुस्ताहरु बिदेशप्रति लालयित हुदा र पछिल्लो समयमा बिकृतीको रुपमा फैलिएको पेपर प्यारिज अर्थात बिदेश जानका लागि गरिने कागजी विवाहको परिणती राम्ररी जोडिएको छ । यसले गर्दा युवापुस्ताहरुको मन पनि फिल्मले तान्नेछ ।

पाथिभरा चलचित्र मन्दिरमा पहिलो र दोश्रो दिन उल्लासमय रुपमा चलचित्रले ब्यापार गरेको एफ.डि. कम्पनीका पूर्वाञचल प्रमुख तथा पाथिभरा चलचित्र मन्दिर दमकका प्रमुख चैतन्य बरालले बताए ।

व्वाइ फ्रेण्ड भेटनका लागि र त्यहाँ पढ्न जानका लागि आतुर युवतीको कथालाइ राम्ररी जोडिएको छ । पेपर प्यारिजका कारण उत्पन्न भएको झगडाले दर्शकको मन तानेको पाईएको छ । फिल्महलमा हल्लिखल्लि राम्रैसंग भएको पाइन्थ्यो । झगडा हुँदाको बखतमा हल दर्शकको हल्लाले थर्किएको थियो ।

वकिल (प्रियंका कार्की) आमा र वृद्धाश्रम चलाइरहेको बाबु (शिवहरि पौडेल) की एक्ली छोरी आकाक्षां (स्वस्तिमा खड्का) को सेरोफेरोमा घुमेको छ छक्का पञ्जा २ । आकाक्षांले विदेश (अष्ट्रेलिया) जान गरेको हरदम कोशिशको प्रतिफल हो छक्का पञ्जा २ । आमा वकिल ले छोरी ( आकांक्षा) लाई विदेश जान अनुमति नदिएपछि र आइएलटिएस मा कम नम्बर प्राप्त गरेको कारण अष्ट्रेलिया जान नपाएकी आकांक्षाले विदेशको लागी बुनिएको तानाबाना सबै बेकार लाग्छ ।

आकांक्षाको परिवारको जीवन शैली हेर्दा आकांक्षाले विदेश जान नक्कली विवाहको नाटक रच्नुपर्ने देखिदैन । तर फिल्ममा उनले नक्कली विहेको बाटो रोज्छिन् । (स्वरुप पुरुष दकाल) प्रज्वलसँग नक्कली विहे गरिसकेपछि नक्कली विवाहको को प्रमाण बनाउन सुटुक्क गाउँ गएका आकांक्षा र प्रज्वलको वारेमा प्रज्वलकी आमाले थाहा पाएपछि बुहरीकै रुपमा घर भित्राउछिन् । बाजा बजाएर घर भित्राएकी बुहारीबाट प्रज्वलकी आमा नाती चाहन्छिन् ।

नक्कली विहे गर्न आमा सँग विद्रोह गरिरहेकी आकांक्षा गाउँमा प्रज्वलकी आमाको दलदलमा फस्छिन् । यता वकिल आमालाई छोरी हराएपछि बढ्न थालेको समस्याले छोरीको कर्तुत थाहा पाउँछिन् । प्रज्वलकी आमाले सबै कुरा थाहा पाएपछि आकाक्षा घर फर्किन्छिन् तर आमासँग पुन विद्रोह गर्छिन् र घर छोड्छिन् । अन्तत आकांक्षालाई भिषा लाग्दैन । यहि पछि आउने एउटा घटनाले पूर्ण फिल्मको कथा बोक्छ ।

आकांक्षाको नक्कली विवाह र प्रज्वल लगायत पात्रका व्यक्तिवादीे स्वार्थ बाझिएपछि पात्रहरुबिच द्धन्द शुरु हुन्छ । आकांक्षा विदेश जान चाहनुको कारण उनको प्रेमी आयुष जो नेपाल आईपुग्छ । आकांक्षा र आयुष बिच विहे भएपछि नक्कली बेहुला प्रज्वलले आकांक्षालाई बहुविवाहको मुद्धा दायर गर्छ र यहि सेराफेरोको द्धन्दमा छक्का पन्जा २ घुम्छ । फिल्मले नेपाली यूवा वर्गको समस्यालाई बोकेको छ ।

फिल्मको मूख्य श्रेय दुई पात्र ईन्टरनेशनल मामा(माग्ने बुढा) र प्रज्वलकी आमा (लक्ष्मी गिरी) लाई जान्छ । दर्शकले फिल्म हेरिसकेपछि पनि यी पात्रहरुलाई सम्झिरहन्छन् । पहिलो हाफमा फिल्मले कथालाई नछोएपनि जति मनोरञ्जन दिन्छ, दोश्रो हाफमा हाई–हाई मात्रै दिन्छ । कतिपय दर्शक भावुक हुनुपर्ने सिनहरुमा हाँसोले हल गुञ्जिन्छ । (फिल्मि फण्डामा समीर बलामीले गरेको समिक्षालाइ पनि छाटकाट गरि यसमा समावेश गरिएको छ ।)

https://www.youtube.com/watch?v=4vu1n3kerIE&t=264s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah