असोज ११ गते फुलपातीदेखी प्रदर्शनमा आउने फिल्म मेरो पैसा खोईले रिलीजको २ दिन अगाडी ट्रेलर रिलिज गरिएको छ । हतारमा प्रदर्शन मिती तय गरेको मेरो पैसा खोईले हाल प्रचारलाई तिब्र बनाउँदै लगिरहेको छ । असोज ११ मै कमेडी जनराको फिल्म छक्का पञ्जा २ आउने पहिलो निर्णय छ ।
त्यसमै मेरो पैसा खोई पनि प्रदर्शन गर्न लागिएको हो । फिल्म मेरो पैसा खोई पनि कमेडी जनराकै फिल्म हो । ट्रेलरमा सौगात मल्ल, बर्षा राउत, बुद्धि तामाङ, रविन तामाङ, प्रमोद अग्रहरी लगायत कलाकारहरुको अभिनय रहेको छ । बलिउड निर्देशकले फिल्म बिचमा छोडेपछि निर्माता रोज रानाले निर्देशनको जिम्मेवारी आफैले समालेका हुन् ।
फिल्मलाई काठमाडौंमा सुनिल मानन्धर र काठमाडौं बाहिर एफडिले वितरण गर्ने भएका छन् । काठमाडौंमा फिल्म फुलपातीको दिन प्रदर्शन हुने भएता पनि काठमाडौं बाहिर भने असोज २० गते मात्र प्रदर्शन हुनेछ । पैसा कमाउनका लागि यौनको ब्यापार गरिएको कथाबस्तु रहेको ट्रेलरमा हेर्दा देखिन्छ । ट्रेलर भिडियो :



