बैतडी: जिपबाट खसेर आज दार्चुलामा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नौगाढ गाउँपालिका–५ की ४१ वर्षीया कलावती ठगुन्ना रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।
देथलाबाट शौकेबगर जाँदै गरेको से १ ज ५९७ नम्बरको जिपको ढोका एक्कासी खुल्न गई जिपमा सवार कलावती दिउँसो १ बजेतिर सडकबाट करिब १०० मिटर तल नौगाढ खोलामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



