हास्यकलाकार धुर्मुस र सुन्तली अर्थात् नेपाली कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीले संयुक्त रुपमा खडा गरेको संस्था हो । धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो।विक्रम सम्बत् २०७२ सालको बैशाख १२ गते आएको महाभूकम्पमा धेरै नेपालीहरु घरबार विहिन भएसँगै यस धुर्मुस सुन्तली फाउण्डेसनको स्थापना भएको हो ।यस फाउण्डेसनले अहिले सम्म तीन वटा नमूना बस्ती निर्माण गरि हस्तान्तरण गरिसकेको छ ।काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका १६ मा पर्ने डाँडाँगाउँ गा.वि.स.मा नमूना बस्तीको पहिलो पटक निर्माण भएको हो ।

नेपालकै लोपोन्मुख तथा सिमान्तकृत जाति बसोबास गर्ने डाँडाँगाउँमा भूकम्प प्रभावितहरुलाई सहयोग गर्नको लागि सिताराम कट्टेल र कुञ्जना घिमिरेको अगुवाईमा तथा विभिन्न संघसंस्थाहरुको श्रमदानमा नमूना बस्तीको निर्माण सफल भएको हो । यो बस्तीको निर्माण दुई महिना १० दिनमा सम्पन्न गरिएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण गरिएको दोस्रो गिरानचौर नमूना बस्ती हो । यस बस्तीको कुल क्षेत्रफल ३५ रोपनी हो भने ५ करोडको लगानीमा ६५ वटा घर तथा एक सार्वजनिक भवन साथसाथै बालबच्चाहरु खेल्नका लागि पार्कहरु समेत निर्माण गरिएको छ ।धर्मुस सुन्तली फाउण्डेसनले ५० घरधुरीलाई लक्षित गरि बर्दिबास नगरपालिका –१ मा पर्ने मुसहर टोलमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेको छ । लगभग १६ कठ्ठा क्षेत्रफलमा फैलिएको यस एकीकृत बस्तीलाई बालमैत्री तथा अपाङ्गमैत्री पनि बनाएका छन् ।
सिताराम कट्टेल (धुर्मुस) सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको नेचा बेतघारी गा.वि.स.मा जन्मिएका हुन् । बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो छोरोका रुपमा वि.सं २०४० साल असार ४ गते उनको जन्म भएको हो । उनी ८ वर्षको छँदै उनको परिवार झापा झरेको थियो । माध्यमीक तहसम्मको अध्ययन सिताराम कट्टेलले झापाको गौरादहमा पुरा गरे । निम्न आयस्तर भएको परिवारमा जन्मिएका उनले आफ्नो बाल्यकालदेखि नै आर्थिक अभाव भोगे । कापी कलमको जोहो गर्नका लागि उनी कहिले हलो जोत्थे त कहिले अरुको स्केच चित्र बनाउथे । खेतबारीको काम, घाँस दाउरा र घरायसी काम गर्दै अध्ययनलाई अघि बढाएका उनी विद्यालयमा राम्रो विद्यार्थीमै गनिन्थे । अत्यन्तै सोझा तर तेजीला सितारामले एसएलसी प्रथम श्रेणीमा पास गरे । उच्च शिक्षाका लागि उनी बुवाले ऋण गरेर जुटाएको १७ सय रुपैँया गोजीमा राखेर काठमाण्डौँ छिरे ।

कोठा खोज्दा, सामान जुटाउँदा ३६ प्रतिशत ब्याजमा बुवाले ऋण खोजेर दिएको पैसा सकियो । त्यसपछि काठमाण्डौँमा आएर उनले चित्र बनाउनेदेखि भाँडा बेच्ने कामसम्म गरे । संघर्षले जम्मा गरेको पैसाले रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । साथीहरुलाई जोक र क्यारीकेचर गरेर हँसाएको भरमा थुप्रै छाक टारे । केहि समय पछि उनलाई कलाकार बन्ने भूत चढ्यो । हाँस्यकलाकार खेम शर्मासँगै बस्न थाले । खेम शर्मासँगै हिँड्न थालेपछि चिनजान बढ्यो । तर, गतिलो अवसर पाएनन् । काठमाण्डौँदेखि हार मानेर झापा फर्किएका सिताराम फेरी संघर्षसँग जुध्नका लागि राजधानी आए ।

हिजो आजका कुरामा छोटो संवाद बोल्ने मौका पाए । औपचारीक रुपमा भने हाँस्यकलाकार जितु नेपालले उनलाई कलाकारीतामा प्रवेश गराए । गीताञ्जली टेलिफिल्ममा अभिनय गर्ने मौका जुरेसँगै उनले केदार घिमीरे (माग्ने बुढा)लाई भेटे । धुर्मुस र माग्ने बुढाको जोडी जम्यो । गीताञ्जलीमा अभिनय गदागर्दै उनले दिपकराज गिरीसँगको चिनजानका कारण तितो सत्यको १४ भागसम्म अभिनय गरे । पछि केदार घिमीरेसँग मिलेर मेरी बास्यै हाँस्य टेलिश्रृंखला बनाए ।

मेरी बास्सैमा सितारामले अभिनय गरेको धुर्मुस पात्रले चर्चा र लोकप्रीयता कमायो । सिताराम कट्टेल एउटै टेलिश्रंखलामा सबैभन्दा धेरै भूमीकामा देखिएका कलाकार हुन् । उनी खड्काजी, मुस्कान पासा, केपी शर्माको नक्कली रुप, खडानन्दलगायत दुई दर्जन भूमीकामा देखिएका छन् । मेरी बास्यै निर्माणकै क्रममा उनले धुर्मुसको जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरे(सुन्तली)सँग विवाह गरे । अहिले उनीहरुको एक छोरी सुबिहानी छिन् । यस्तै, चलचित्र निर्माण र अभिनयमा पनि सिताराम कट्टेल सहभागि छन् । छ एकान छ, वडा नम्बर ६ लगायतमा हिट चलचित्रमा पनि सिताराम कट्टेलले अभिनय गर्नुका साथै लगानी पनि गरेका थिए । वैशाख १२ को गोरखा भूकम्प पश्चात धुर्मुस सुन्तलीको जोडी सामाजीक काममा पनि सक्रिय छन् ।

भूकम्प पश्चात यो जोडीको सक्रियतामा काभ्रेको डाँडा गाउँमा एकिकृत बस्ती बनाइएको छ । धुर्मु सुन्तली एकिकृत नमुना बस्ती नाम दिइएको उक्त बस्तीले धेरैबाट प्रशंसा पाएको छ । यस्तै, भूकम्प प्रभावितलाई न्यानो बाँड्नुका साथै महोत्तरीको बर्दिबासस्थीत मुसहर बस्तीमा राहात बाँडे ।[१] यो सामाजीक कामलाई अझै सक्रिय रुपमा अगाडी बढाउन उनीहरुले वि.सं २०७२ सालमा धुर्मुस सुन्तली फाउण्डेशन स्थापना गरेका छन् ।

कुञ्जना को जन्म नेपालको ललितपुर जिल्लामा भएको थियो, जहाँ उनले आफ्नो बाल्यकाल तथा प्रारम्भिक शिक्षा पूर्ण गरेकी थिइन्। उनले आफ्नो पितालाई सहयोग गर्थिन । उनले स्कुलमा पढ्दै देखि नृत्य गर्न सुरु गरेकी हुन । उनले उनको नृत्यको लागी धेरै मानिस बाट प्रशंसा पाएकी छिन | २००६ मा कुञ्जनाले नेपाली हास्यटेली शृंखला मेरी बास्सै बाट सुन्तली भूमिका मा प्रबेस गरेकी हुन् उनले मेरी बास्सैमा धुर्मुस को पत्नीको भूमिका खेलेकी छिन् । उनि सुन्तली नाम बाट निकै प्रख्यात छिन् ।-दृष्टिनेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah