पूर्व प्रधानमन्त्री रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैको अघिल्लो दिन अर्थात हिजो झापामा आएर माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ दशैमा टिका लगाउदिन भन्दै हिडने अधिकार नरहेको भन्दै राम्रै संग घुमाइघुमाइ दनक दिएका थिए ।

 

उनले आफ्नो भाषणका अधिकाँश समयम दशै र चाडपर्वको बिषयमा बोल्दै यसलाइ मान्दिन भनेको प्रति निक्कै राम्ररी जवाफ दिएका थिए । कम्यूनिष्टको चरित्रसंग जोडेर नै ब्याख्या गरेका थिए ।

धेरैलाइ लागेको थिए प्रचण्डले गल्ति गरेकाछन् र उनले टिका लगाएको भए हुन्थ्यो । तर दशैको बिरोध गर्दै आएका र दशै सबै नेपालीहरुको नभइ हिन्दुको मात्र भएको भन्दै बहस गर्नेहरुलाइ राहत नै मिलेको थियो ।

तर दशै अर्थात बिजयादशमीको टिका प्रचण्डले लगाएकाछन् भने उनले समेत लगाइ दिएकाछन् । ओलीको दनकलाइ फिर्ता गर्दै उनले टिका नै लगाइदिएर झापड दिएकाछन् ।

यसले राजनीतिक रुपमा राम्रै चर्चा पाएको छ । सामाजिक सञ्जालहरुमा पनि राम्रै ठाँउ पाएको छ । आदिबासी समुदायका केहि अगुवा तथा दशैको बिरोध गर्दै आएकाहरु भने सामाजिक सञ्जालमा प्रचण्डको कदमको बिरोध गरेकाछन् ।

प्रचण्डलाइ टिका लगाउदा पनि आपत र नलगाउदा पनि आपत पर्ने अवस्था आएको पाईएको छ । प्रचण्डले टिका लगाएको बिषयले सामाजिक सञ्जाल र अनलाइन मिडियाहरुमा राम्रै चर्चा पाएको छ ।

ओलीले प्रचण्डले टिका नलगाउने भन्दा के भनेका थिए हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=Z_9fRza_Ync

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah