पक्राउ गरेर प्रहरी कार्यालयमा ल्याएकी महिलालाइ एक प्रहरी जवानले प्रहरी कार्यालय परिसरभित्र नै यौनसम्पर्क गरिरहेको अवस्थामा फेला पारेपछि स्थानीय आक्रोशित भएकाछन् । ति प्रहरी रंगेहात पक्राउ परेकाछन् ।
रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान एक महिलासँग शारिरीक सम्बन्ध राखिरहेका बेलामै रङ्गेहात पक्राउ परेपछि प्रहरीलाइ समेत आपत परेको छ ।
प्रहरी नियन्त्रणमा रहेकी एक महिलालाई कार्यालय शारिरीक सम्पर्क राख्दै गरेको अबस्थामा स्थानीयले महतोलाई स्थानीयले रङ्गेहात पक्राउ गरपछि उनीहरु आक्रोशित बनेका हुन ।
ड्युटीमा रहेका प्रहरी जवान महतोले प्रहरीको बर्दीमानै पक्राउ परेकी महिलासंग शारिरीक सम्पर्क राखेपछि स्थानीयले कारबाहीको माग राख्दै राती २ घण्टा प्रहरी कार्यालय घेराउ गरेका थिए ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक यादब ढकालले प्रहरी जवान सहित ती महिलालाई हिरासतमा लिएर कारबाही अगाडी बढाएको बताएका छन् ।



