काठमाडौं, १५ असोज–  एमाले स्थायी समितिले आफ्नो पार्टीलाई निषेध गरेर प्रदेश नम्बर २ मा गरिएको चुनावको समग्र प्रतिनिधित्वमा एमालेले दोस्रो स्थान हासिल गरेको भन्दै सकारात्मक रुपमा लिएको छ । प्रदेश २ को स्थानीय चुनावको समीक्षा गर्दै एमालेले सत्तापक्षको, साम दाम दण्ड भेद र घेराबन्दीका वावजुद पनि उक्त प्रदेशमा दोस्रो मत प्राप्त गरेकोमा सन्तोष ब्यक्त गरेको हो ।

संघीय र प्रदेशिक संसदको चुनाव तयारी र प्रदेश नम्बर २ को चुनावी समीक्षाका लागि एमाले स्थायी समितिको बैठक आइतबार बसेको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीलाई सवैभन्दा ठूलो बनाउने गरि लाग्न पार्टीका सम्पूर्ण संयन्त्रलाई परिचालित हुन आग्रह गरेको छ ।

एमाले स्थायी समितिको बैठकले स्थानीय तहमा सवैभन्दा ठूलो दल बनाएर नागरिकले एमालेप्रतिको भरोसा ब्यक्त गरेको निष्कर्ष निकालेको छ । । ‘स्थानीय तहनिर्वाचनको सबै नतिजा आइसकेको छ, नागरिकले एमालेमाथि भरोसा गरी सबैभन्दा ठूलो पार्टी बनाएका छन्’ बैठकलाई उद्धृत गर्दै केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भन्नुभयो, ‘अव प्रदेश र प्रतिनिधिसभाको चुनावबाट पनि पहिलो दल बन्ने गरि तयारी थाल्न सवै तहका नेता कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको छ ।’

प्रदेश नम्बर २ मा भएको तेश्रो चरणको चुनावमा एमालेलाई प्रवेश निषेध भनेर प्रचार गर्दा पनि समग्र सिट सख्याको आधारमा एमाले दोश्रो स्थानमा रहनु सुखद भएको निष्कर्ष बैठकले निकालेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहको परिणामले नागरिकको भरोसा एमालेप्रति रहेको पुष्टि भएकाले प्रदेश र स्थानीय तहमा पनि एमाले नै पहिलो दल बन्ने देखिएकाले विवाद र गुट उपगुटको राजनीति त्यागेर एकढिक्का भएर चुनावमा लाग्नुपर्नेमा नेताहरुले जोड दिएका थिए ।चक्रपथ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah