राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेताले राजपा परित्याँग गरी ‘स्वतन्त्र राजनीतिक समुह’ बनाउनु भएको छ ।

साथै उहाँहरुले एमालेको सूर्य चिन्हबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने निर्णय समेत गर्नुभएको छ ।  एमाले र स्वतन्त्र राजनीतिक समुहबीच सोमबार यस्तो सहमति भएको हो ।

सहमतिमा एमालेका तर्फबाट महासचिव इश्वर पोखरेल र समूहका तर्फका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले हस्ताक्षर गर्नुभएको छ । एमालेद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार सोमबार पार्टी महासचिव ईश्वर पोखरेल र उक्त समूहका नेताहरुबीच यस्तो लिखित सहमति भएको हो ।

पूर्वसांसद तथा पूर्वमन्त्री त्रिपाठीको निर्वाचन क्षेत्र नवलपरासी, गुप्ता र ईश्वरदयालको कपिलवस्तु तथा पशुपतिदयाल र शुक्लाको बाँकेमा पर्छन । दुई पक्षबीच सोमबार भएको दुईबुँदे सहमतिअनुसार समूहका नेताहरु सोही परिचयका साथ चुनावमा सहभागी हुनु हुनेछ भने उहाँहरुले एमालेको सुर्य प्रयोग गर्नुहुनेछ ।


‘तराई मधेशसमेतका बासिन्दालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीहरु संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै जान, तराई मधेशका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न र सम्पूर्ण नेपालीको सुखी र समृद्ध जीवनका लागि सहकार्य गर्न सहमत भएका छौं ।’

६ वटा मधेशकेन्द्रित दल मिलेर राजपा गठन भएपछि तत्कालीन तमलोपाका सहअध्यक्ष त्रिपाठी असन्तुष्ट रहँदै आउनुभएको थियो । उहाँलाई पछि राजपाले अध्यक्ष मण्डलमा मनोनित समेत गरेको थियो । तर पनि उहाँ राजपामा सक्रिय हुनुभएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah