सप्तरीको तिलाठी कोइलाडीका नेपाली नागरिक देवनारायण यादवलाई भारतीय प्रहरीले गरेको पक्राउको विरोधमा अनेरास्ववियु लगायत विद्यार्थी संगठनहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

अनेरास्ववियुकी अध्यक्ष नवीना लामा, नेविसंघका उपाध्यक्ष पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष दीपेश पुनको नेतृत्वमा भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरिएको हो । विद्यार्थीहरुको समुहले लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका थिए । राष्ट्रिय झण्डा बोकेका विद्यार्थीहरुले ‘देवनारायण यादवलाई ससम्मान रिहा गर’, ‘सीमा हस्तक्षेप बन्द गर’, ‘भारतको दादागिरी बन्द गर’ लगायतका नारा लगाएका थिए ।

भारतीय सुरक्षाकर्मीले देवनारायण यादवलाई पक्रेर सुपौल जिल्लाको बिरपुरमा राखेको छ । छोरालाई गत शनिबार भारतीय प्रहरीले पक्रेको खबर पाएपछि छोरालाई छुटाउन भारत जानुभएका देवनारायणलाई पक्रेको हो । देवनारायण र उहाँका छोरा अजयलाई हतकडी लगाएर राखिएको तस्वीर सार्वजनिक भएको छ ।

गत वर्ष भदौमा खाँडो नदीमा भारतले एकतर्फी बाँध बाँधेका बेला देवनारायणको नेतृत्वमा त्यसको प्रतिकार भएको थियो । त्यसबेला उहाँलाई भारतीय सुरक्षाकर्मीले घाइते बनाएका थिए । त्यसैबेला देखि भारतीय पक्षको तारो बनाइनुभएका देवनारायणलाई अहिले भारतीय प्रहरीले पक्राउ गरेको हो ।  गतवर्ष उहाँलाई अनेरास्ववियुले नेपालको सीमा रक्षक र राष्ट्र नायकको संज्ञा दिएर सम्मान गरेको थियो।

भारतीय दूतावास अगाडि भएको विरोध प्रदर्शनमा विद्यार्थी नेताहरुले कोणसभालाई सम्वोधन गर्दै  नेपाल र नेपालीप्रतिको हेपाहा प्रवृत्ती त्याग्न भारतीय पक्षलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah