काठमाण्डौं: प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार दोस्रो पटक भेटवार्ता भएको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिव १ घण्टा छलफल भएको थियो भने दिउँसो चार बजेपछि करिव २५ मिनेट छलफल भएको हो।

प्रमुख सत्तारुढ दल माओवादी केन्द्रले प्रमुख विपक्षी दल नेकपा एमालेसँग आसन्न निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दिउँसो दोस्रोपटक बालुवाटारमा पुगेका हुन्।

अध्यक्ष प्रचण्डले एमालेसंग चुनावी तालमेल मात्र गरेको र सरकारलार्इ दिएको समर्थन यथावत् रहेको प्रधानमन्त्री देउवालार्इ बताएको प्रधानमन्त्रीका बरिष्ठ प्रेस स‌ंयोजक गोविन्द परियारले जनाए। प्रचण्डले वर्तमान सरकारले नै आसन्न निर्वाचन गराउने भएकाले आफ्नो पार्टी पनि सरकारमै रहने बताए। दुर्इ शीर्ष नेताबीच एक्लाएक्लै भेटवार्ता भएको हो।

एमाले र माओवादीबीच चुनावमा ६०/४० को भागवण्डा गर्ने र पार्टी एकीकरणका लागि स‌ंयोजन समिति गठन गर्ने सैद्दान्तिक सहमति भइसकेकाले सरकारको आयूलार्इ लिएर चासो बढेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah