कपिलवस्तु, असोज १८ । बाम एकता अभियानसँगै कपिलबस्तुमा विभिन्न पार्टी परित्याग गरी १५ सय बढी एमालेमा प्रवेश गरेका छन् । एमाले कपिलवस्तुले मंगलबार पकडीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित प्रभावशाली नेता एमालेमा प्रवेश गरेका हुन् ।
महाराजगञ्ज नगरपालिका–१० का वडा अध्यक्ष शैलेन्द्र चौधरी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेशका कार्यवाहक अध्यक्ष इसरार मोहम्मद खाँन, माओवादी केन्द्रका केन्द्रीय सदस्य विनोद चौधरी, राजपाका जिल्लास्तरका नेता जगन्नाथ कुर्मी, नवीन चौधरीलगायत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
वडाध्यक्ष चौधरी स्वतन्त्रबाट निर्वाचित भएका थिए । पार्टी प्रवेशीलाई एमालेका सचिव प्रदीप ज्ञवालीले टीका लगाएर स्वागत गरेका थिए ।
नेपाली पत्र बाट सभार