काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले एक्कासी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलसंगै बाम एकता गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनको तयारी गरेका छन् । माओवादी बिना नै बहुमत पुग्ने भएपछि देउवा सरकार पुनर्गठनको अभ्यासमा लागेको वालुवाटार स्रोतले जनाएको छ ।

जसरी बाम एकता भएको छ त्यसरी नै देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुुद बनाएर सरकार पुनगर्ठन गर्न लागेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको दलहरुबीचको बैठकले लोकतान्त्रिक गठबन्धनलाई मजबुद बनाएर सरकार पुनर्गठन गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

लोकतान्त्रिक गठबन्धनको तर्फबाट बनेको कार्यदलले बिहिबारदेखि नै आफ्नो काम थाल्दैछ । सबैजसो दलले कार्यदलमा जाने सदस्यको नाम दिइसकेका छन् । हाम्रा कुरामा खबर रहेको छ

कायदलको पहिलो बैठक बिहिबारै बस्दैछ । कार्यदलले प्रजातान्त्रिक शक्तिको बारेमा विस्तृत अध्ययन गर्नेछ ।

तत्काल कार्यदलले आगामी निर्वाचनका लागि दलहरुबीच कसरी सिट विभाजन गर्न सकिन्छ भनी अध्ययन गरी विस्तृत विवरण तयार गर्ने र शीर्ष नेताहरुबाट अनुमोदन गरेपछि पत्रकार सम्मेलन गरी यसलाई सार्वजनिक गरिने छ ।

स्रोत भन्छ – लोकतान्त्रिक गठबन्धन मजबुद भएपछि सरकार पुनर्गठन पनि हुनेछ । यी कामहरु निकै छिट्टै हुनेछन् ।

लोकतान्त्रिक गठबन्धनको खाका आएपछि देउवाले सरकार पुनर्गठन गर्ने एक स्रोत बताउँछ । तर अर्का एक नेता भने कार्यदलको काम र पुनगर्ठनको काम संगसंगै अगाडि बढ्ने बताए ।

उनी दाबी गर्दै भन्छन् –बुधबार वालुवाटारमा सहभागी दलहरु सबै लोकतान्त्रिक गठबन्धनमै रहने छन् र उनीहरुबाट नै सरकार पुनर्गठन हुनेछ ।

लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुमध्ये नेपाली कांग्रेसको २०७, राजपाको २५, लोकतान्त्रिक फोरमको १८, राप्रपाको १९, राप्रपा प्रजातान्त्रिकको १८, संघिय समाजबादी फोरमको १५ गरी कुल ३०२ सांसद भएसंगै बहुमत पुग्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah