काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले माओवादी अध्यक्ष प्रचण्डको सहमति बिना प्रधानमन्त्री शेरवहादुर देउवाले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्न नसक्ने दाबी गरेको छ ।

संविधानको व्यवस्थालाई आधार बनाउँदै एमालेले माओवादीका मन्त्री हटाउने मूर्खता नगर्न देउवालाई सुझाव समेत दिएको छ । विघटित संविधानसभाका अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डको सिफारिस बिना माओवादीका मन्त्रीलाई हटाउन नसक्ने बताए ।

संविधानको धारा २९८ को उपधारा ९ बमोजिम उपप्रधानमन्त्री, मन्त्री राज्यमन्त्री र सहायकमन्त्रीहरु हटाउन देउवाले प्रचण्डको सिफारिस र सहमति लिनुपर्ने उनको जिकिर छ ।

संविधानको उक्त उपधारामा मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा दिएमा, प्रधानमन्त्री नै पदमुक्त भएमा, मृत्यु भएमा वा सम्बधित दलको सिफारिस वा सम्बन्धित दलसँगको सल्लाहमा मात्र प्रधानमन्त्रीले पदमुक्त गर्न सक्ने उल्लेख छ ।खबर डबली बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah