काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । शुक्रबार विहान ८ बजे बैठक बोलाईएको भएपनि दुई घण्टा ढिला गरी सुरु भएको बैठक दिउँसो ४ बजेसम्मको लागि स्थगित भएको काँग्रेस नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।

उनका अनुसार विहान बसेको बैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले सामसामयिक राजनीतिक घटनाक्रमकोे बारेमा आफ्नो धारणा राखेका छन् । उनले अहिले बाम शक्तिहरुबीच एकता भएर सँगै चुनाव लड्ने घोषणा समेत भईसकेको अवस्थामा नेपाली काँग्रेसले पनि गुटगत विभाजनमा नलागी एकीकृत भएर चुनावमा होमिनुपर्नेमा जोड दिएका थिए ।

उनले बाम एकता काँग्रेसको लागि समस्या र चुनौंति भन्दा पनि अवसर भएको भन्दै यसलाई अवसरको रुपमा देखाउनको लागि सबै काँग्रेसीहरु मिल्नुको विकल्प नरहेको बताएका छन् ।

निर्वाचन सम्बन्धी धेरै कानूनहरु पारित गर्नको लागि व्यवस्थापिका संसद्को बैठक बोलाईएकाले बैठक सकेपछि फेरि बालुवाटारमा बस्नेगरी बैठक स्थगित गरिएको नेता केसीले जानकारी दिए । समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नको लागि पार्टी केन्द्रीय सदस्य, पदाधिकारी तथा सांसद्हरुको बैठक शुक्रबार विहान ८ बजेका लागि बोलाईएको थियो । हाम्रा कुरा बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah