काठमाडौं । मधेशी जनाधिकार फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच चुनावी तलमेल भएको छ । शुक्रबार फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबीच यस विषयमा सहमती भएको हो ।
सम्झौता पछि जारी संयुक्त प्रेस बिज्ञप्तीमा उनीहरुले चुनावमा साझा उम्मेदवार उठाउने र कुनै दलसँग चुनावी तालमेल गर्न परेपनि सँगै गर्ने सहमती भएको जनाईएको छ । उनीहरुबीच सवै खाले असमानता, विभेद, भेदभाव एवम् उपेक्षा, शोषण र उत्पीडनलाई अन्त्य गर्नका लागि दुई पार्टी एक आपसमा सहकार्य गर्दै आगामी हुने प्रदेश सभा र संसदको निर्वाचनमा आपसी समझदारीका आधारमा दुबै पार्टीले संयुक्त भई साझा उम्मेदवारको रूपमा चुनावमा भाग लिने, उम्मेदवारी दिने र अन्य राजनीतिक पार्टी÷दलहरूसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परेमा दुबै पार्टी संयुक्त रूपले सहभागी हुने वा सहकार्य गर्ने सहमति गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
उनीहरुले जारी गरेको संयुक्त विज्ञप्ती:




