दमक, असोज २० / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांगे्रस झापाले उम्मेद्वार सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि झापाका तीन वटा निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेद्वार सिफारिस भएको छ भने अन्य दुईटा क्षेत्रबाट दुई भन्दा बढीको नाम पठाईएको छ ।

जस अनुसार क्षेत्र नं. १ बाट बिश्वप्रकाश शर्मा, ३ बाट कृष्णप्रसाद सिटौला र ४ बाट देउमान थेबेलाई सर्वसम्मत उम्मेद्वारको रुपमा सिफारिस गरिएको छ । क्षेत्र नं २ बाट भने उद्धब थापा, सरिता प्रसाई, सुधिरकुमार शिवाकोटी र राजेश खडकाको नाम पठाईएको छ ।

क्षेत्र नं ५ बाट केशबकुमार बुढाथोकी, खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम सिफारिस भएको छ । प्रदेशसभा निर्वाचनका लागि दश वटा पदमा २६ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं २ को १ मा खड्गप्रसाद प्रसाई र क्षेत्र नं ४ को २ मा उत्तम सुवेदीको नाम मात्र सर्वसम्मत सिफारिस भएको छ ।

क्षेत्र नं १ को १ मा रामबहादुर कट्टेल, केशवराज भण्डारी र उषा गुरुङ, १ को २ मा अशोककुमार पोखरेल, प्रेम सम्बाहाम्फे र झुनादेवी बानिया, क्षेत्र नं २ को २ मा लक्ष्मण खडका, अमृतलाल राजबंशी र जलकुमार गुरुङ, क्षेत्र नं ३ को १ मा भूमिप्रसाद राजबंशी, तिलकसिंह पाण्डे र सर्मिला अधिकारी, ३ को २ मा भगिरथ पोद्धार, नवीन विमली र उमाराम प्रसाईको नाम पठाईएको छ ।

त्यस्तै क्षेत्र नं ४ को १ मा किरण भट्टराई, भक्तिप्रसाद सिटौला र सन्तोषकुमार मेन्याङबो, क्षेत्र नं ५ को १ मा दिलबहादुर बुढाथोकी, राजन ढुंगाना र भूमि राई तथा ५ को २ मा यादबराज सेढाई, अनिल प्रसाई र घनश्याम रिजालको नाम सिफारिस गरिएको क्षेत्रीय समितिहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah