प्रहरी महानिरिक्षक नियुक्तीमा अनियमितता र अन्याय भएको भन्दै दिइएको मुद्धा सर्बोच्च अदालतले खारेज गरी दिएपछि डिआइजी पदबाट राजिनामा दिन पुगेका नवराज सिलवाल राजीनामा स्विकृत नहुँदै नेकपा एमाले प्रवेश गरेका छन् ।
यसरी डिआइजी पदमा बहाल रहँदै पार्टी प्रवेश गरेपछि गृह प्रशासन र प्रहरी प्रधान कार्यालय गम्भीर बनेको छ । यस विषयलाई लिएर सिलवाललाई के कस्तो कार्बाही गर्ने हो भन्ने विषयमा प्रधान कार्यालयले कानूनी परामर्श शुरु गरेको छ ।
प्रधान कार्यालयको एक सूत्रले भन्यो, “कसैले कुनै पार्टी प्रवेश गर्देमा कानुनी कारबाहीबाट बच्न सक्दैन् ।” घटना र विचारमा खबर रहेको छ।
प्रहरी महानिरिक्षक नियुक्तीमा अनियमितता र अन्याय भएको भन्दै दिइएको मुद्धा सर्बोच्च अदालतले खारेज गरी दिएपछि डिआइजी पदबाट राजिनामा दिन पुगेका नवराज सिलवाल राजीनामा स्विकृत नहुँदै नेकपा एमाले प्रवेश गरेका छन् ।
यसरी डिआइजी पदमा बहाल रहँदै पार्टी प्रवेश गरेपछि गृह प्रशासन र प्रहरी प्रधान कार्यालय गम्भीर बनेको छ । यस विषयलाई लिएर सिलवाललाई के कस्तो कार्बाही गर्ने हो भन्ने विषयमा प्रधान कार्यालयले कानूनी परामर्श शुरु गरेको छ ।
प्रधान कार्यालयको एक सूत्रले भन्यो, “कसैले कुनै पार्टी प्रवेश गर्देमा कानुनी कारबाहीबाट बच्न सक्दैन् ।”