झापा दमकका अधिकाँश सार्वजनिक कार्यक्रमहरुमा देखिने गरेका दमक ५ भानुभक्त सुबेदीको हिजो बेलुकी निधन भएको छ । उनि केहि दिन अघिसम्म पनि बिभिन्न सार्वजनिक कार्यक्रमहरुमा देखिदै आएका थिए । उनलाइ दमकमा बाबु जी को रुपमा चिनिन्थ्यो ।
सुबेदी नेपाली काँग्रेससंग लामो समयदेखि आवद्ध रहेका थिए भने बिभिन्न जिम्मेवारी समेत सम्हाल्दै आएका थिए । सहकारी, सामाजिक अभियानहरुमा निरन्तर रुपमा लाग्दै आएका उनको घरमा नै हिजो साँझ मृत्यु भएको हो । उनका ३ छोरा रहेकाछन् ।



