काठमाडौं, २१ असोज । राजनीतिक विश्लेषक सुरेन्द्र के.सी.ले वामपन्थीहरूको ध्रुवीकरणप्रति चिन्ता जनाउँदै उपलब्धि गुम्ने हो कि भनेर आसंशा जनाएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग शनिबार बिहान कुरा गर्दै के.सी.ले दलहरूबीचको ध्रुवीकरणले सामाजिक र राजनीतिक मुद्दा ओझेलमा पर्न सक्ने बताए ।

‘नेपाली जनताको चाहना वामशक्ति र कांग्रेस मिलेर सहकार्यका आधारमा राजनीति अगाडि लैजाउन् भने थियो’, उनले भने, ‘राजनीतिक दलहरूले आफ्नो स्वार्थको लागि बीचमा भाँजो हालेका छन्’, राजनीतिक विश्लेषक के.सी.ले भने ।

अबका दिनमा चुनौतिहरू थपिने र त्यसको बोझ नेपाली जनताल बोक्नुपर्ने उनको तर्क छ । नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गर्नु र भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएर चुनाव लड्न खोज्नुलाई के.सी.ले राजनीतिक धन्दा भएको टिप्पणी गरे ।

‘हृदयश त्रिपाठी कहाँ थिए, कहाँ पुगे ?’, प्रश्न गर्दै के.सी.ले भने । ‘राजनीतिमा धर्म पनि हुन्छ, नैतिकता पनि हुन्छ । जवाफदेहिता पनि हुन्छ । दुर्भाग्य । यी तीन वटा कुरा हाम्रो राजनीतिमा भएन’, उनले भने ।

‘नवराज सिलवाल, सुशीला कार्की, लोकमासिंह कार्की लगायतलाई आक्रमण गरियो । निर्वाचन आयुक्तमाथि पनि महाअभियोगको दण्डा प्रयोग गर्न खोजिदैछ’, उनले भने ।

डिआइजी नवराज सिलवालसँग १६ करोड रुपैयाँ मागेर निर्वाचनमा सहयोग गर्न दवाव दिइएको आरोप के.सी.ले लगाए । ‘सेवा गर्न दिनुको साटो १६ करोड जम्मा गर अनि बल्ल आइजिपीमा नियुक्ति हुन्छ । तेरो जागिर रहन्छ भनेर धम्क्याइयो । त्यो त जागिरे न हो । जागिरेको कुनै मोरल पनि हुँदैन । आत्मबल पनि हुँदैन’, राजनीतिक विश्लेशक के.सी.ले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah