कुनै पनि घरमा नयाँ बच्चाको जन्म हुदाँ खुसीयाली छाउने गर्दछ । घरको माहोल नै फरक हुने गर्दछ । तर भारतको एउटा गाउँमा ५० बर्षदेखि कुनै पनि बच्चाको जन्म नै भएको छैन । सुन्दा अनौठो र पत्यार लाग्नै गाह्र्रो हुने गर्दछ तर यो सत्य घटना रहेको छ । जुन त्यहाँका मानिसहरुले बर्षाैदेखि भोगिरहेका छन् ।

उक्त गाउँको नाम राजगढको सांका जागिर रहेको छ । जुन मध्यप्रदेशको राजधानी भोपालबाट ७० किलोमिटर टाढा रहेको छ । जहाँ ५० वर्षदेखि कुनै पनि बच्चा जन्मिएको छैन ।

यसको कारण पनि अनौठो खालको रहेको छ । यो गाउँका मानिसहरुमा एउटा अनौठो प्रकारको मान्यता अर्थात् अन्धविश्वास रहेको छ । उक्त मान्यता अनुसार यदि गाउँको सीमानाभित्र कुनै बच्चा जन्मिन्छ भने कि त त्यो बच्चाको मृत्यु हुन्छ कि त ऊ अपांग हुने गर्दछ ।

उक्त डरका कारण गाउँलेहरुले आफ्नो गाउँको सीमाना बाहिर एउटा घरमा छुट्टै कोठा बनाइराखेका छन् । गाउँमा सुत्केरी व्यथा लागेका हरेक महिलालाई सोही घरको कोठामा लगेर प्रश्वव गराइन्छ । यसबारेमा त्यहाँका मानिसहरुका अनुसार त्यहाँ कुनै एक जमानामा श्यामजीको एउटा मन्दिर रहेको थियो । जसका कारण उक्त मन्दिरको पवित्रता जोगाउनकै लागि भन्दै गाउँका ठुलाबडाहरुले महिलाहरुलाई गाउँभित्र बच्चा जन्माउन बन्देज लगाइ यस्तो उपाय अपनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah