नायिका कंगना रनावतले लामो समयदेखि विभिन्न आरोप लगाइरहँदा पनि नायक ऋतिक रोशन मौन नै थिए । ऋतिकसँगको प्रेमको बिषयलाइ लिएर कंगनाले लामो समयदेखि माहोल गर्मिलो बनाएकी थिइन् । ऋतिकले आफूलाइ पेरिसमा प्रपोज गरेको, चलचित्र चल्दा आफ्नो भन्ने नत्र मतलब नगर्ने गरेको लगायतका कुरा गर्दै कंगना चर्चामा थिइन् । तर, ऋतिकले यो बिषयमा मुख खोलेका थिएनन् । तर, ऋतिकले एक इन्टरभ्यूमा आफ्नो मुख पहिलो पल्ट खोलेका छन् । पत्रकार अरनब गोस्वामीको शोमा पुगेर ऋतिकले कंगनासँग जोडिएका विभिन्न मुद्दामा जवाफ दिएका छन् ।

ऋतिकले भनेका छन्-‘मैले धेरै नै सहँे । मलाइ केही पनि नबोल्नका लागि सल्लाहा दिइएको थियो । म यो बिषयमा कुरा गर्न खासै सहज त छैन । तर, अब मैले मुख नखोली हुँदैन । कंगनासँग मेरो भेट चलचित्र ‘काइट्स’को छायांकनको क्रममा भएको थियो । हामी, साथी मात्र थियौ र उनी मबाट निकै प्रभावित रहेको कुरा गर्थिन् ।’
ऋतिकले इन्टरभ्यूको क्रममा कंगनासँग कुनै पनि सम्बन्धमा नरहेको बताएका छन् । कंगनाले चलचित्र ‘कृष ३’को छायांकनको क्रममा आफ्नो ट्रेनिङको केही भिडियो पठाएको र आफूले हेरेर प्रतिक्रिया दिएको समेत स्पष्ट पारेका छन् ।

 

पेरिसमा कंगनालाइ आफूले प्रपोज गरेको कुरा आफ्नो कानमा पुगेपछि मात्र यो झुटको पर्दाफास गर्न आवश्यक छ भन्ने आफूले ठानेको ऋतिकको भनाइ थियो ।
मे २५ मा आफूलाइ आएको इमेलको बारेमा ऋतिक भन्छन्-‘मलाइ निकै गाली भरिएको इमेल आएको थियो । कंगनाको एकाउन्टबाट आएको उक्त इमेल हेरेपछि मलाइ लाग्यो कि, उनको इमेल कसैले ह्याक गरिदिएको छ । तर, त्यसको भोलीपल्ट नै कंगनाकी बहिनीले मलाइ दिदीको इमेल ह्याक गरेको आरोप लगाइन् ।’

ऋतिकले आफूसँग कंगनाले पठाएको ३ हजार मेल रहेको र त्यसमा व्यक्तिगत तस्बिर समेत रहेको स्पष्ट पारेका छन् । कंगनाप्रति तपाइको कुनै इच्छा छैन भनेर तपाइले किन भन्न सक्नुभएन भन्ने अरनबको प्रश्नमा ऋतिक भन्छन्-‘मैले यो कुरा उनकी बहिनी रंगोलीलाइ भनेको थिएँ । उनलाइ मैले कंगनासँग अब म कुनै सम्बन्धमा छैन भनेर जानकारी गराएको थिएँ ।’

कंगनाले आफ्नो वरिपरी हुँदा कुरा गर्न लाज मानेका कारण इमेल पठाउने गरेको ऋतिकको भनाइ छ । ऋतिकले भनेका छन्-‘जब कंगनाले मसँग उनको प्रेम रहेको बताइन् । यसपछि, मैले उनकी बहिनीलाइ फोन गरेको थिएँ, तर रंगोलीले फोन उठाइनन् । यसपछि, मेरो टिमले कानुनी उपचार खोज्न आवश्यक ठानेको हो ।’
ऋतिक भन्छन्-‘कंगनाले आफ्नो फाइदाका लागि मेरो नामको प्रयोग गरिन्, तर यसले मलाइ खासै फरक पर्दैन ।’

अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah