नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचन कमाण्डर तोकेको छ । संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले आगामी मंसीर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको नेतृत्व अध्यक्ष ओलीले नै गर्ने निर्णय गरेको हो ।

कार्यकर्ता पंक्तिबाट अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जानुपर्ने दवाव आइरहेको बेला स्थायी समितिले ओलीलाई नै चुनावी कमाण्डर तोकेर कार्यकर्ताको भावनाको सम्मान गरेको छ । ‘अध्यक्ष कमरेडकै नेतृत्वमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जाने निर्णय बैठकले गरेको छ, चुनाव परिचालनको संयोजन पनि अध्यक्ष कमरेडले नै गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भन्नुभयो ।

अध्यक्ष कमरेडकै नेतृत्वमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जाने निर्णय बैठकले गरेको छ, चुनाव परिचालनको संयोजन पनि अध्यक्ष कमरेडले नै गर्ने निर्णय भएको छ

एमालेको यो निर्णयसँगै अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्री घोषणा गर्नुपर्ने कार्यकर्ताको माग सम्बोधन भएको छ । यसैगरी बैठकले निर्वाचन सार्ने बिषयमा कल्पनासम्म पनि गर्न नसकिने प्रष्ट पारेको छ । ‘निर्वाचन सार्ने कल्पनासम्म पनि गर्न सकिदैन, यस्तो सोच्न पनि सकिदैन, कसैले सोच्छ वा सोचेको छ भने त्यो नेपाली जनतालाई सैह्य छैन, हुँदैन,’ बैठकको निर्णय प्रष्ट पार्दै स्थायी कमिटी सदस्य छबिलाल बिश्वकर्माले भन्नुभयो ।

बैठकले नेकपा माओवादी क्न्द्रसँग भएको चुनावी तालमेल र ६०/४० निर्वाचन क्षेत्र बाँडफाँटको बिषयमा छिटो सहमतिमा पुग्न कार्यदललाई निर्देशन दिएको छ । सहमतिका लागि दुवै दलले २०७० सालको संबिधानसभा निर्वाचनको परिणाम र गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्ने मापदण्ड बनाइसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah