हिजो करिव ६० वर्ष आसपासको एउटा दम्पत्ति मलाई भेट्न आए। उनीहरूले यताउताबाट अलिअलि गर्दै जम्मा पारेको भन्दै रू ५० हजार मेरो हातमा राखिदिए र यो रकम धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको वालगृहमा खर्च गरिदिनुहोला भन्ने अनुरोध गरे।

उनीहरूले भने, “हामीसँग खासै पैसा छैन। ऋण पनि धेरै छ तर पनि हामी अलिअलि जम्मा गरेर परोपकार गर्न चाहिँ छोड्दैनौं। त्यसैले यो सहयोगबारे कतै उल्लेख नगरिदिनु होला। नत्र छोरा-बुहारी, आफन्तले नै ‘यसलाई पैसा बढी भएको’ भन्छन्।”

इमान्दारीपूर्वक भन्ने हो भने अलिअलि रकम परोपकारमा खर्च गर्दा ‘यसलाई पैसा बढी भा’ भन्ने थुप्रै मान्छेहरू मैले भेटेको छु। उनीहरू आफू परोपकारमा खर्च नगर्न स्वतन्त्र छन् तर बुढा बाउ-आमा, दाजु-भाइ, दिदी-वहिनी, ईष्टमित्रले ‘व्यावहारिक परोपकार’को अभ्यास गर्दा त्यसलाई चाहिँ व्यंग गर्ने या दुरुत्साहित गर्ने काम कसैले नगरिदिए हुन्थ्यो।

व्यावहारिक परोपकारको अभ्यास गर्दा आफन्तबाटै अफ्टेरो मान्नु पर्ने स्थिति कसैलाई नपरोस्। नाम उल्लेख गर्न नचाहाने माथि उल्लेखित दम्पत्तिलाई जीवनभर सुखले खान पुगोस्, खुशीले दिन पुगोस्! (फोटो: धुलेखेलस्थित वालगृहका वालिकाहरू)

रबिन्द्र मिश्र को फेसबूक बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah