सवालनेपाल डेक्स
दमक/पछिल्लो राजनीतिक घटनाक्रम यस्तो बिकसित भइरहेको छ । सहजै कसैले पनि बिश्वास गरिहालेका छैनन् । केहि दिन अघिसम्म चितवनका एमाले नेता देबी ज्ञवाली माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसंग निर्वाचन लड्ने भने खुबै चर्चा भयो ।
तर जब बाम एकता भन्दै निर्वाचनमा संगै मिलेर जाने र पार्टी एकतासम्म गर्ने एमाले र माओबादीबीच सम्झौता भयो अब त्यो सम्भावाना सम्भवत सकियो । अब प्रचण्डका लागि ज्ञवालीले भोट माग्नु पर्ने अवस्था आउने भन्दै सामाजिक सञ्जालहरुमा यसले नयाँ बहस सिर्जना गराएको छ ।
कतिपयले ज्ञवालीले पार्टी छाड्ने भन्दै चर्चा गरेपनि उनको कुनै पनि धारणा आएको छैन । एमाले अध्यक्ष केपी ओलीले एक अन्तरवार्तामा सहजै रुपमा ज्ञवालीले अब प्रचण्डलाइ भोट हाल्दा अचम्म नहुने बताएका थिए ।
भरतपुर महानगरपालिकामा प्रचण्ड छोरी रेणु दाहाल यहाँ ज्ञवालीसंग प्रतिस्पर्धि भएपछि र मतपत्र च्यात्नेसम्मका कार्य भएपछि एमाले र माओबादीबीच स्थानीय स्तरमा दुरी बढेको थियो ।



