झापा क्षेत्र नम्वर ३ बाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाड्ने भनेर चलाइएको हल्लाको पछि नलाग्न नेपाली काँग्रेस झापाले आग्रह गरेको छ ।

राप्रपासंग चुनावी गठबन्धनको बिषयमा केन्द्रमा बहस भइरहेको उल्लेख गर्दै झापामा कुनै पनि क्षेत्र छाड्ने बिषयमा सहमति नभएको काँग्रेस झापाका सभापति उद्धव थापाले बताएकाछन् ।

केहिदिन अघि राप्रपाका केन्द्रिय नेताहरुले नै झापा क्षेत्र नं. ३ राप्रपाले लिने गरी सहमति भएको बताएका थिए । तालमेलको बिषयमा छलफल हुदा नै यो बिषय उठाइएको र काँग्रेसले समर्थन गरेको भन्दै सञ्चारमाध्यममा आफ्नो भनाइ राखेका थिए ।

झापा क्षेत्र नम्वर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको भन्दै यसको पछि नलाग्न सभापति थापाले आग्रह गरे ।

सिटौलाले छाड्ने बताएपछि लिङ्देनलाई बधाइको ओइरो लागेको थियो । उनि उत्साहित भएर निर्वाचनको अभियानमा लागेका थिए । पछिल्लो काँग्रेसको धारणाले फेरी उनका कार्यकर्ताहरु निराश भएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah