कांग्रेसले मोरङमा प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । अधिकांश क्षेत्रमा केन्द्रीय नेता नै टिकट पाउने प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर २ मा कांग्रेस नेतृ तथा स्वर्गीय गिरिजाप्रसाद पुत्री सुजाता कोइराला सिफारिस भइन् । यसअघिको मोरङ १ लाई हाल क्षेत्र नम्बर २ बनाइएको छ । तर, सो क्षेत्रमा नेता मिनेन्द्र रिजाल पनि सिफारिसमा परे ।

 

रिजाल क्षेत्र नम्बर ४ बाट पनि सिफारिसमा परेका छन् । क्षेत्र नम्बर ४ बाटै अर्का केन्द्रीय नेता महेश आचार्य पनि सिफारिसमा परेका छन् । क्षेत्र नम्बर २ र ४ बाट तीनमध्ये एक नेताले छाड्नुपर्ने निश्चित भएको छ ।

उता क्षेत्र नम्बर ६ बाट डा. शेखर कोइराला, नेतृ डिला संग्रौला, अशोक कोइराला र रमेशजंग रायमाझी सिफारिस भए । रायमाझीबाहेक तीनैजना केन्द्रीय नेता हुन् । शेखर कोइराला सांसद छन् । अशोक कोइराला पूर्वसभापति सुशील कोइरालाका भाइ हुन् ।

 

क्षेत्र नम्बर १ का लागि सांसद तथा मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बू सर्वसम्मत सिफारिस भए । सांसद अमृत अर्याल पनि उनको पुरानै निर्वाचन क्षेत्र ५ बाट सर्वसम्मत सिफारिस भए । क्षेत्र नम्बर ३ मा नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्माको मात्र नाम प्रस्ताव भएको छ । उनी कांग्रेसका नवप्रवेशी हुन् । क्षेत्र नम्बर ४ बाट कांग्रेस नेता महेश आचार्य र मिनेन्द्र रिजालसँगै सांसद दिलीप गच्छदारको नाम छ ।

वाम गठबन्धनबाट क–कसको दाबी ?

एमाले, माओवादी र नयाँ शक्तिले अझै संघीय र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरिसकेका छैनन् । सिट बाँडफाँडको छलफल भइरहेकाले गठबन्धनका दलले केन्द्रको निर्देशन पर्खिंदा ढिला भएको हो ।

वाम तालमेलले गर्दा केन्द्रीय तहदेखि नै नीति बनाएर भागबण्डा मिलाउनुपर्ने भएकाले उम्मेदवार बाँडफाँडमा ढिलाइ भएको माओवादी मोरङका संयोजक गोपी अछामीले बताए । नाम सिफारिसमा ढिलाइ भए पनि प्रत्यक्षतर्फबाट संघीय सभाका लागि वाम गठबन्धनले मोरङमा भागबण्डा गर्ने क्षेत्र निर्धारण गरिसकेको छ । जसमध्ये क्षेत्र नम्बर १ र ५ माओवादी केन्द्रले र क्षेत्र नम्बर २, ३, ४ र ६ एमालेले लिने सम्भावना छ ।

गणेश लम्साल/नयाँ पत्रिका

 

क्षेत्र नम्बर १ बाट माओवादी मोरङ इन्चार्ज कुशल लिम्बूको सम्भावना छ । यद्यपि, एमालेले यस क्षेत्रबाट घनश्याम खतिवडाको नाम चर्चामा ल्याएको छ । क्षेत्र नम्बर २ मा एमाले सांसद ऋषि पोखरेलको चर्चा छ ।

क्षत्रे नम्बर ३ मा एमाले सचेतक भानुभक्त ढकाल, सांसद चण्डी राई, पूर्वसांसद चन्द्रबहादुर गुरुङ, माओवादी केन्द्रका स्थायी समिति सदस्य सावित्रीकुमार काफ्लेलगायतको नाम चर्चामा छ । क्षेत्र नम्बर ४ मा एमाले पूर्वअध्यक्ष महेश रेग्मीको मात्र चर्चा छ । क्षेत्र नम्बर ५ मा माओवादी नेता तथा आपूर्तिमन्त्री शिवकुमार मण्डलको नाम चर्चामा छ । क्षेत्र नम्बर ६ मा पूर्वमन्त्री लालबाबु पण्डितको एक मात्र नाम चर्चामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah