चितवन जिल्ला समन्वय समितिमा ठुलो अन्तरका साथ नेकपा एमालेको प्यानल नै विजयी भएको छ । समितिको आज भएको निर्वाचनमा काग्रेसलाई पराजित गर्दै एमालेका कृष्णकुमार डल्लाकोटी निर्वाचित भएका हुन् । डल्लाकोटीले ११ मत प्राप्त गर्नुभयो भने काग्रेसका उम्मेद्धार भरत अधिकारीले ३ मत पाएका थिए ।
उपप्रमुखमा मुना कुमारी श्रेष्ठ काग्रेसकी टिका दाहाललाई हराउदै विजयी हुनु भयो । जिससको ९ सदस्यीय समितिमा एमालेको प्यानलनै विजयी भएको हो । जिसस निर्वाचनमा एमाले एक्लैको बहुमत भएपनि नेकपा माओवादी केन्द्रले समेत एमालेका उम्मेद्धारलाई नै मत हालेको थियो ।
स्थानीय निर्वाचनमा काग्रेससग गठबन्धन गरेको माओवादीले केन्द्रमा भएको तालमेलका आधारमा एमालेलाई मत हाल्ने आज विहान निर्णय गरेको थियो । स्थानीय तहको निर्वाचनमा चितवनको सात तहको प्रमुख र उपप्रमुख गरी एमालेका तर्फबाट ९ र माओवादीबाट दुई तथा नेपाली काग्रेसका तीन जना विजयी भएका थिए ।



