ताप्लेजुङका बजारमा उत्पादन मिति जनवरी २०१८ लेखिएको तृष्णा पानीको बोतल फेला पारिएको छ ।

बिहीबार बजार अनुगमनका क्रममा एचएमएन फुड एण्ड बेभरेज इन्डस्ट्रिज बिर्तामोडद्वारा उत्पादित तृष्णा नाम गरेको पिउने पानीका उत्पादन मिति सन् २०१८ जनवरी उल्लेख भएको भेटिएको हो ।

पिउने पानीको बोतलमा उल्लेख गरिएको उत्पादन मिति आउन अझै ३ महिना बाँकी रहेको फेला परेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अनुसन्धान सुरु गरेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जिसीले सन् २०१८ को जनवरी महिना आउन तीन महिना बढी समय बाँकी छँदै उक्त मितिमा उत्पादन भएको पानीका बोतल बिक्री वितरणमा आएको फेला परेको जानकारी दिँदै अनुसन्धान थालिएको बताए ।

अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले म्याद गुज्रेका अन्य अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको र मिति नै फरक पर्ने गरी बजारमा आएको पानीका बोतल जफत गरी अनुसन्धान थालिएको जानकारी दिए ।

उत्पादन मिति सन् २०१८ जनवरी महिना उल्लेख गरिएको पानीको बोतलमा प्रयोग अवधि भने ६ महिनाको उल्लेख छ । सहायक प्रजिअ मादेनले दशैं अगाडिदेखि नियमित बजार अनुगमन गर्दै आएको र यस्तो उपभोग्य वस्तु पहिलोपटक फेला परेको बताए ।

बजार अनुगमनका क्रममा म्याद गुज्रेका प्रशस्तै उपभोग्य सामग्री फेला परेको छ । कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटीजस्ता पेयपदार्थहरु म्याद गुज्रेको पाइएको सहायक प्रजिअ मादेनले जानकारी दिए । त्यस्तै बिस्कृट, भुजिया, थुक्पा, आँटा, मैदालगायतका खाद्य सामग्री पनि म्याद गुज्रेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah