काठमाण्डौ । व्यवस्थापिका संसदको अन्तिम बैठक अहिले बसिरहेको छ ।  शुक्रबार दिउँसो तीन बजेका लागि बोलाइएको भएपनि बैठक ढिलो गरी सुरु भएको हो । आज अन्तिम बैठक भएकोले केही महत्वपूर्ण प्रतिवेदन प्रस्तावहरु पेश गर्ने कार्यक्रम सम्पन्न भैरहेका छन् ।

बैठकमा सांसद लक्ष्मणलाल कर्णले संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव समितिको प्रतिवेदन पेश गर्दैछन् भने प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी विद्येयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस हुँदैछ । संसदको म्याद शनिबार मध्यरातदेखि स्वतः सकिदैछ ।

शनिबार यसरी विदा हुँदैछन् सांसदहरु
शनिबार दिउँसो ३ बजे सभामुख ओनसरी घर्तीले सांसदहरुका लागि बिदाई कार्यक्रम राखेकी छिन् । उक्त कार्यक्रममा सबै दलका शीर्ष नेता र सांसदहरुलाई सभामुखले निम्ता गरेकी छिन् ।

शनिबारको उक्त कार्यक्रममा सबैजना विदाई हुनुअघि सामुहिक रुपमा तस्वीर खिचिनेछ । सो कार्यक्रमलाई दलका शीर्ष नेताहरुले सम्बोधन समेत गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah