काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसदले सफलतापूर्वक काम सम्पन्न गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।
संसदको अन्तिम दिन संसदमा आज शनिवार बोल्दै उनले सविधानसभालाई समानुपातिक समावेशी बनाएर सविधान निर्माण गर्ने काम भएको धारणा राखे । उनले सविधान निर्माणसँगै ठूल्ठूला उपलब्धि प्राप्त भएको उल्लेख गर्दै सविधानसभाबाट सविधान जारी हुनुपर्छ भनि भूमिकामा धेरै दलहरु रहेको धारणा राखे ।

उनले भने, धेरै महत्वपूर्ण काम भएको छ, त्यो हो सविधानसभाबाट सविधान निर्माण त्यसका लागि यसमा योगदान दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ यसै प्रशंगमा उनले भने, ‘अब यो नितान्त काम चलाउन सरकार हो, यसले निर्वाचन गराउने काम हो ।’ तोकिएको समयमा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन केन्द्रीत हुन उनले ध्यानाकर्षण गराए ।

उनले भने, सुनिदैछ, मन्त्री ७० भन्दा ६ कम मात्र रहेको छ । निर्वाचन गराउनकै लागि यतिका मन्त्री किन ?’ जुलस निकाल्ने हो उनले संसदमा प्रधानमन्त्री देउवातर्फ लक्षित गर्दै प्रश्न गरे ।

‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु थप मन्त्री किन चाहियो कुस्ती त खेल्नु हुन्न नि ।
कोलम्बियामा मन्त्री धेरै भयो भनि सोध्दा प्रधानमन्त्री देउवाले ६०१ को ६१ प्रतिशत मन्त्री बनाउने प्रावधान सविधानमा रहेको जवाफ दिएको कुरा पनि अध्यक्ष अ‍ोलीले संसदमा दावी गरे ।

‘कतिपय मन्त्री बन्दैछ भनि सुनेको छु, भोली समानुपातिक भइन्छ भइदैन जितिन्छ कि जितिदैन अहिले नै मन्त्री भइहालौं लागेर मन्त्री बन्न लागेको छ, यो अवस्थामा बधाई दिन पनि नसकिने भयो भन्दै उनले यसमा प्रतिपक्षी दलको आपत्ति, यो आचारसहिंता विपरित हो यो मान्य हुँदैन’ उनले धारणा राखे ।

उनले पठाएको मन्त्रीको नाम फिर्ता लिन आग्रह गरे । किन चाहियो यति मन्त्री, मन्त्रीको जुलुस निकाल्नु हुन्छ कि क्या हो भन्दै ओलीले प्रधानमन्त्री देउवालाई भने, यो काम चलाउ सरकार हो, यसलाई कसैले ढाल्दैन, तपाईले बहाना बनाउँदै हुनुहुन्छ ।’

संसद समाप्त भएपछि के के गरिरहेको छ, त्यसको अनुमान गर्न सकिन्छ, किस्ता किस्तामा छकाई छकाई किन यस्तो गरेको भनि प्रधानमन्त्री समक्ष ओलीले जिज्ञासा राखेका छन् । उनले माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिदैनौ, सरकारलाई असहयोग गर्दैनौ भनि आफूसँग पनि कुरा गरेको त्यसमा आफूलाई कुनै असहज नभएको पनि उनले धारणा राखे ।

 निर्वाचन आयोगले मन्त्रीपरिषद् किन विस्तार गरेको भनेको छ तर सरकारले त्यसलाई अटेरी गरेको पनि अ‍ोलीले आरोप लगाए । राती १२ बजेबाट काम चलाउ बन्दै गरेको सरकारलेतोकीएको समयमा निर्वाचन शान्तिपुर्ण वातवरणमा गराउनु पर्ने आचार संहिता  गर्नु नपर्ने हो भन्दै उनले प्रश्न राखेका थिए । आचार सहिता÷ कानुन हो पालना गुर्न पर्ने सरकार निर्वाचन नजिकिदै मन्त्री थप्नु लोकतन्त्र लोकतन्त्रको उपहास भएको समेत दावी गरे ।

प्रधानमन्त्री देउवाले यसरी जवाफ दिएपछी 

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको अधिकारको भएको बताएका छन् ।

संसदको विशेष वैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री थप्न लागेको विषमा जवाफ मागेपछि प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार गर्न पाउने बताएका हुन् ।

‘ यो संविधानमा यति उति संख्या भनिएको छैन । ’ ओलीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने,‘मन्त्रीको संख्या संक्रमणकाल पछिको अवस्थामा मात्र हो ।’

प्रधामन्त्री देउवाले ओलीलाई नै प्रश्न गरे,‘ प्रधानन्त्रीले मन्त्री थप्न पाउँदैन ?’

प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्तले सरकारले मन्त्री थप्ने विषयले आचारसंहिता उल्लंघन नहुने बताएपछि मन्त्रिपरिषद् विस्तार भएको बताए ।

देउवाले राष्ट्रपतिले संवैधानिक राष्ट्रपतिको भूमिका चालेको भन्दै धन्यवाद दिए ।
प्रधानमन्त्री देउवाले निर्वाचनमा होमिन सवै जनतामा प्रधानमन्त्रीले आग्रह गरे । लोकतान्त्रको रक्षाका लागि सरकार दृढ रहेको प्रधानमन्त्री देउवाले प्रतिवद्धता जारी गरे ।

उनले आशंकाका बीच आफू नेतृत्वको सरकारले निर्वाचन सफलता पूर्बक रुपमा भएको बताए ।

उनले मधेसी जनताको मागलाई संम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको विषयलाई स्मरण गर्न देउवाले आग्रह गरे ।

समय क्रममा जनताका असन्तुष्टिलाई सम्बोधन गर्न र संविधानलाई अझ राम्रो बनाउन आगामी दिनमा संविधान संशोधन र परिमार्जन गर्दै जान आफ्नो दल तयार रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah