नेपालको ठूलो इन्टरनेट प्रदायक संस्था वल्र्ड लिंकले झापाको दमकपछि मोरंग उर्लाबारीमा पनि ‘फाइबर टु द होम’ सेवा शुरु गरेको छ । शनिबार पत्रकार सम्मेलन गरेर यस बिषयमा जानकारी दिइएको हो ।
वल्र्ड लिंक दमक शाखाका प्रमुख राजन तिम्सिनाका अनुसार दमकमा सेवा बिस्तार र द्रूत गतिको इन्टरनेटको सञ्जाल बिस्तार गरिरहेको अवस्थामा उर्लाबारीबाट पनि अधिक माग भएपछि कार्यालय सहित ‘फाइबर टु द होम’ सेवा शुरु गरिएको हो ।
‘फाइबर टु द होम’ भन्नाले फाइवरमार्फत सेवाग्राहीलाइ इन्टरनेट पुर्याउनु भएको तिम्सिनाले जानकारी दिए । यो बिश्वको बिकसित मुलकहरुले दिने इन्टरनेटको सुबिधास्तरको हुने जनाईएको छ । सस्तोमा गुणस्तरीय र तिब्र गतिको सेवा अब वल्र्ड लिंकबाट पाउने उनले जनाए ।
दमक र उर्लाबारी अहिले दैनिक रुपमा नै नयाँ इन्टरनेट जडानको लागि धेरै मागहरु आइरहेको तिम्सिनाले जनाए । आफूहरुले ग्राहकको आवश्यकता अनुसार सबै प्रकारका सुबिधा र इन्टरनेटका प्याकेजहरु उपलब्ध गराउन सक्ने समेत उनले जानकारी दिएकाछन् ।



