ललितपुर, २८ असोज । ललितपुरमा राष्ट्रिय पोशाक अभियानका युवाहरु आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीद्वारा चापागाउँमा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेन्द्र पाण्डे, डीआईजी नवराज सिलवाल लगायतले पार्टी प्रवेश गराए ।

पछिल्लो नाकाबन्दीको समयमा आत्मनिर्भर बन्नलाई लालितपुरका युवाहरुले राष्ट्रिय पोशाक अभियान सञ्चालन गरेका थिए । एमालेको राष्ट्रबादी चरित्रका कारण आफूहरु एमाले प्रवेश गरेको उनीहरुले बताए । दैनिक नेपाल मा खबर रहेको छ।

कार्यक्रममा आफ्नो भनाई राख्दै राष्ट्रिय पोशाक अभियानका अभियन्ताले लालितपुरका सबै ग्रामिण भेगलाई राष्ट्रिय पोशाक अनिवार्य गराउने अभियान सुरु गरिएको बताए ।

कार्यक्रममा आफ्नो भन्दै राख्दै पूर्व डीआईजी नवराज सिलवालले लोकतन्त्र जनजिविका र राष्ट्रिय एबम् अन्तर्राष्ट्रिय दृष्टिकोण एमालेले मात्र सही हिसाबमा बोकेको कारण आफू एमाले प्रवेश गरेको स्पष्ट पारे । उनले अब दुई तिहाइ बहुमत ल्याएर आर्थिक समृद्धि र विकासमा सबै लाग्न जरुरी छ भने । उनले अहिले युथ बढी भएको र मिडल क्लास लेभलको लेभल नि बढ्दै गएको कुरालाई आगामी दिनमा राज्य ले सम्पतिको रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा एमाले नेता मधुसुधन पौडेलले गएको संसदमा संविधान सशोधनको नाममा हिन्दी भाषालाई स्थापित गराउदै भारतीय अतिबाद नेपालमा छिराएर बिदेशी गुलाम बनाउन खोजिएको कुरा सदैब अन्त्य गर्नका लागी एमालेले प्रचुर बहुमतसहित अब आउन जरुरी भएको बताए ।

कार्यक्रमका विशेष अतिथी युवा संघ अध्यक्ष राजीव पहारीले रुसबाट जार संसदको अन्त्य एबम् भारतीय आन्दोलनमा युवाहरुको अगुवाइलाई उदाहरण दिदै १९ बर्षका गौतम बुद्धको घर छोडेर शान्तिको अपिल गर्दा युवा जोश र उमेरले काम गरेको बताए । उनले समतामुलक समाज निर्माण गर्दै सबैलाई समान अवसर दिन अबको युवा आन्दोलनको मुख्य एजेण्डा भएको बताए ।

नवराज सिलवाल जस्तो इमान्दार अधिकृतलाई राज्यले चिन्न नसकेको र उल्टै उहाँमाथि विभिन्न दुःख दिने काम गर्न खोजेकोमा आपत्ति जनाउँदै युवा संघ सबै कुराको एक एक हिसाब लिएर बसेको चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah