काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले महिलालाई स्थानीय तहको नेतृत्व लिन तयार भएर बस्न आग्रह गरेका छन्। नेपाली कंग्रेसको भगिनी संस्था नेपाल महिला संघको तेस्रो महाधिवेशनको उद्घाटनमा कांग्रेसका नेताहरुले तत्लकालै स्थानीय चुनाव हुन लागेको भन्दै त्यसका लागि संविधानले तोकेको ४० प्रतिशत कोटा मात्र नभएर नेतृत्वकै लागि गृहकार्य गर्न निर्देशन दिएका हुन्।

‘संविधानले महिलाहरुको प्रतितिधित्व स्थानीय तहमा ४० प्रतिशत र प्रदेश र संघमा ३३ प्रतिशत सुनिश्चित गरेको छ र यो विगतमा जस्तो मनोनितबाट गराएर मात्र पनि हुँदैन,’ कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘त्यसैले तपाईँहरु आ-आफ्ना स्थानमा चुनाव लड्ने र नेतृत्वमा आफ्नो पकड कायम हुने गरी आजैदेखि लागिहाल्नुहोस।’

उनले विगतमा समानुपातिकबाट प्रतिनिधित्व गराउने छुट संविधानले दिए पनि अब उम्मेद्वार बनाउनु पर्ने र जिताएर नै प्रतिनिधित्व सुनिश्चित गराउने संबैधानिक वाध्यता रहेको बताए। उनले महिलाहरु नेतृत्वमा आए समाजिक समानता पनि कायम हुने भन्दै त्यसका लागि पनि आफूलाई अब्बल सावित गर्नेगरी काम गर्न उनले आग्रह गरे।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान बनेर मात्र त्यसको कार्यान्वन नहुने भन्दै कार्यान्वयनका लागि इच्छाशक्ति आवस्यक हुने बताए। ‘संविधानले महिलाहरुलाई ३३ प्रतिशत प्रतिनिधित्व ग्यारेन्टी गरेको छ,’ पौडेलले भने, ‘तर भर्खरै गठन भएको मन्त्रिपरिषदमा एक जना मात्र मन्त्री छन्, राष्ट्रिय योजना आयोगमा नियुक्त गरेका सदस्यहरुमा एकजना पनि महिला परेका छैनन्।’ उनले संविधानमा लेखेर मात्र परिवर्तन नआउने भन्दै मानिसहरुको सोचाइमा रहेका विभेदलाई पनि अन्त्य गर्न महिलाहरुको क्रियाशीलता आवश्यक भएको बताए।
‘पार्टी संरचनामा नै महिलाको प्रतिनिधित्व बढाएन भने नेतृत्व विकास संभव छैन,’ पौडेलले भने।

कांग्रेसकै पूर्वमहामन्त्री प्रकाशमान सिंहले महिला संघकी संस्थापक अध्यक्ष समेत रहेकी आफ्नी आमाले ‘म गणेशमानको श्रीमती हैन मंगला देवी भनेर चिनिन्छु’ भनेको स्मरण सुनाए। ‘उहाँले मलाई गणेशमानको श्रीमती भनेर हैन मंगलादेवी भनेर चिनाउनुहोस् भन्दा म छक्क पर्थे तर धेरै ढिला मात्र मैले उहाँको भावना बुझ्न सकेँ।’ सिंहले भने, ‘त्यसैले तपाईँहरु पनि घर भित्र मात्र हैन समाजमा आफ्नो पहिचान स्थापित हुने गरी लाग्नुहोस, राज्यका हरेक संरचनामा नेतृत्व लिनुहोस।’

‘अब २१७ नगरपालिका देखि सबै स्थानीय तहमा महिलाहरुको संगठन र उपस्थिति मजबुत बनाउनुहोस,’ सिंहले भने, ‘त्यहाँ तपाईँले आफ्नो संगठन र उपस्थिति मजबुत बनाउनुहोस् र त्यसले महिला संघ र कांग्रेसलाई मात्र हैन राज्यका हरेक अंगमा नै महिलाहरुलाई मजबुत बनाउछ।’
अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानले महिलालाई धेरै अधिकार थप गरेको भन्दै यो संविधानको कार्यान्वन भइसक्दा महिलाको उपस्थिति पनि मजबुत भइसक्ने बताए। ‘तपाईँहरु आजकै दिनदेखि दाइहरुलाई सोध्न छाडेर विवेकमा चल्ने सुरुवात गर्नुहोस्। तपाईँहरुको सफलता त्यहीबाट सुरुवात हुन्छ,’ सिटौलाले भने।

कार्यक्रममा महिला संघको अध्यक्षका दावेदार उमा रेग्मीले राज्यका हरेक निकायमा ५० प्रतिशत महिला पुग्नुपर्ने बताइन् भने मीना पाण्डेले पहिलो सर्त राज्यका हरेक निकायमा ३३ प्रतिशत प्रतिनिधित्व अहिलेको आवयस्यकता भएको बताइन्।

‘महिलाहरु आधा आकास मात्र हैनन ५० प्रतिशत भन्दा बढी जनसंख्या महिलाको छ,’ उमा रेग्मीले भनिन्, ‘त्यसैले अब राज्यका हरेक निकायमा महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चत हुनुपर्छ।’

अर्की अध्यक्षकी दावेदार मीना पाण्डेले सामाजिक विकासका लागि महिला र पुरुषको समान सहभागिता आवस्यक भएको बताइन्। ‘मानिसको दाँया खुट्टा र बाँया खुट्टा उत्तिकै गतिमा अघि बढ्न सकेनन् भने त्यो शरिर अपांगो हुन्छ,’ पाण्डेले भनिन्, ‘महिला र पुरुष पनि एउटै शरीरका दुई खुट्टा जस्ता भएकाले समान ढंगले अघि बढ्न नसके समाज अपांगो हुने बताइन्।’ उनले स्थानीय तहमा ४० प्रतिशत र केन्द्रीय संरचनामा रहेको ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चत गर्दै नेतृत्व विकास गरेर ५० प्रतिशतबाट पनि महिला प्रतिनिधित्व बढाउन सकिने बताइन्।

पहिलो पोस्ट बाट सभार गरिएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah