बिष्णुप्रसाद पोखरेल
दमक/झापाको कमलगाँउपालिका वडा नंं ६ दहिचोकमा आइतवार बिहान करिब १० बजेतिर लालिगुरास बस ठूलो दूर्घटनाबाट बचेको छ । यो रुटमा चल्ने सबैभन्दा पुरानो यो बसमा क्षमताभन्दा बढि यात्रु रहेका थिए ।
सडकबाट बसको एउटा चक्क खसेपछि हिलो डिलमा ओट लागेरमात्र बचेको थियो । बस पल्टन खाजेपछि छतबाट र झ्यालबाट यात्रुहरु निस्केका थिए ।
https://www.youtube.com/watch?v=6gIqCS7OGNI&feature=youtu.be
यात्रुहरु काम्दै बाहिर निस्केका थिए । पुरानो कल्भर्ट रहेको ठाँउ नजिकदै बसको चक्का गएर भास्सिएपछि सडकबाट तल झर्न बचेको थियो ।
झ्यालबाट हतार गरेर निस्कदा केहि यात्रुको हात तथा शरिरमा सामान्य घाउ लागेपनि कोहि पनि घाइते भएका थिएनन् । बस निकालेर तिनै यात्रु बोकेर दमकतिर आएको थियो ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=6gIqCS7OGNI&feature=youtu.be



