हतार हतारमा वाम गठबन्धनमा सरिक भई कुरा नमिलेपछि पुनः नयाँ शक्तिमा फर्केका बाबुराम भट्टराई काङ्ग्रेस फकाउन लागेका छन् ।

माओवादीले आफ्नो क्षेत्रबाट नारायणकाजी श्रेष्ठलाई उठाउने निश्चित भएपछि नारायणकाजीलाई हराउन बाबुरामले काङ्ग्रेस फकाउने रणनीति लिएका हुन ।

समाचार स्रोतका अनुसार काङ्ग्रेससँग गोरखामा चुनावी तालमेलका निम्ति बाबुरामले  हालै मात्रै काङ्ग्रेस सभापति शेरबाहदुर देउवासँग भेट गरी प्रस्ताव राखेको बुझिएको छ, तर काङ्ग्रेस सभापति देउवाले यसबारेमा पार्टीभित्र गम्भीर छलफल गर्नेमात्रै बताएका  बुझिएको छ ।

बाबुरामले नारायणकाजीलाई हराउन काङ्ग्रेस फकाउने रणनीति लिएपनि त्यति सहज देखिन्न ।

जसरी भए पनि गोरखा–२ बाट उठ्ने तयारी गरेका बाबुरामको क्षेत्रबाट काङ्ग्रेसले नेतृ कमला पन्तलाई चुनावमा उठाउने निर्णय गरिसकेको छ ।

नयाँ शक्ति र काङ्ग्रेसबीचको तालमेलको प्रस्तावमा बाबुरामले गोरखा क्षेत्र नं. १ मा काङ्ग्रेसलाई नयाँ शक्तिले सघाउने र २ मा काङ्ग्रेसले आफूलाई सघाउनुपर्ने प्रस्ताव राखेको बुझिएको छ । घटनारविचार बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah