काठमाडौं, २९ असोज– व्यवस्थापिका संसद्को कार्यकाल शनिवारदेखि समाप्त भएसँगै संसदको बैठक बस्ने ठाउँ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी भवन) खाली भएको छ । आईसीसी भवन खाली भए पनि तत्कालैै सो भवन अन्य प्रयोजनका लागि भाडामा लगाइने छैन । संविधान सभा बैठक बस्नु अघि उक्त भवनमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता, सभा–सम्मेलन र मिस नेपाल प्रतियोगिताजस्ता कार्यक्रम आयोजना हुने गरेको थियो ।

आईसीसी भवन सरकारकै स्वामित्वमा भए पनि हाल शहरी विकास मन्त्रालयको सम्पत्तिको रुपमा रहेको छ । केन्द्रले व्यवस्थापिका संसद् सचिवालयलाई वार्षिक १० करोड रुपैयाँ भाडामा दिएको छ । हरेक दुई दुई वर्षमा करार नविकरण गर्ने व्यवस्था रहेको छ । सो भवन २०६५ सालदेखि संसद सचिवालयले भाडामा लिदै आएको छ ।

छैन नयाँ संसद भवन 

नयाँ संसद भवन बनिनसकेका कारण अब बन्ने संसद पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै राख्ने तयारी छ । दुई सदनात्मक व्यवस्था हुने वित्तिकै ठाउँ नपुग्ने भनेर बहस गरिएको भए पनि आईसीसी भवनमै दुई वटा सदनलाई राख्ने तयारी भएको छ ।

व्यवस्थापिका संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले दुई वटै संसदलाई आईसीसीमा राख्नेगरी आफूहरुले तयारी गरिरहेको बताए । ‘दुईवटा सदन राख्नको लागि थप केही काम गर्नुपर्ने हुन्छ,’ उनले लोकान्तरसंग भने, ‘चुनाव सम्पन्न भएर जनप्रतिनिधि आउने बेलासम्म हामीले दुईवटा सदन राख्न सक्नेगरी काम गर्छौं ।’

आईसीसी सम्मेलन केन्द्रमा हाल ९ वटा सभा हल छन् । यी हललाई कसरी प्रयोग गर्ने भन्ने विषयमा काम भइरहेको उनले बताए । यसअघि ६ सय १ सांसद बस्दै आएको मुख्य हल नयाँ बन्ने २ सय ७५ सदस्यीय प्रतिनिधि सभाका लागि ठूलो हुनेछ ।

आईसीसी भवनलाई संसद सचिवालयले पहिले नै भाडामा लिएकाले हाल संसद बैठकका लागि अन्य ठाउँको बारेमा नसोचिएको गौतमले बताए । संसद सचिवालयले सिंहदरवार भित्रको पुतली बगैँचामा संसद भवन बनाउने योजना बनाए पनि काम शुरु हुन सकेको छैन ।

शहरी विकास मन्त्रालय अन्तर्गतको आईसीसीका प्रमुख पुरुषोत्तम अमात्यले पनि भवनको प्रयोग संसद सचिवालयले गरिरहेकोले फेरि पनि संसद सचिवालयले नै प्रयोग गर्ने जानकारी दिए ।

‘सरकारी सम्पत्ति नै हो, संसद पनि सरकारी सम्पत्ति नै हो,’ उनले लोकान्तरसंग भने, ‘फेरि पनि आईसीसीको प्रयोग संसद सचिवालयले नै गर्छ ।’

अमात्यले प्रतिनिधि सभा र राष्ट्रिय सभालाई के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आफूहरुले संसद सचिवालयसँग छलफल गरिरहेको बताए ।

संविधान सभा गठन हुनुपूर्व प्रतिनिधि सभाको बैठक सिंहदरवार स्थित ग्यालरी बैठकमा बस्ने गरेको थियो । २०१५ सालको संसद बैठक, राष्ट्रिय पञ्चायत, २०४८ सालपछिका तीनवटा प्रतिनिधि सभा सोही गयलरी बैठकमा बसेका थिए ।

२०६३ सालमा पुनस्र्थापित प्रतिनिधि सभा र माओवादी समेत सम्मिलित अन्तरिम व्यवस्थापिका संसदको बैठक पनि सोही भवनमा बस्दै आएको थियो ।

२०७२ सालमा आएको बिनासकारी भूकम्पले राणाकालीन समयमा बनेको ग्यालरी बैठकमा क्षती पुर्याए पछि सो भवन अहिले त्रिपालले छोपेर राखिएको छ ।

राष्ट्रिय सभाको लागि भने संसद सचिवालमा रहेको, यसअघि राष्ट्रिय सभा बस्दै आएको सभाहललाई मर्मत गरिएको थियो । वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै दुइवटा सदन बस्नेगरी हलको व्यबस्थापन गर्न लागिएको संसद सचिवालयको भनाइ छ ।

छिमेकी मित्रराष्ट्र चीनले २०४१ सालमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द बनाइदिएको थियो । लोकान्तर बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah