परासी, ३० असोज । परासी महेसपुर सडकमा निर्माणाधिन सामाग्रीको डम्ङ्गिले बाटो खुम्चिदै गएको समाचार पटक पटक बाहिर आईरहदा पनि प्रशासन र सम्बन्धित निकायले पटक्कै ध्यान दिएको छैन । बाटोका बिचोबिच भागबाट दुवै तर्फ ५० फिट जग्गा छोडि घर निर्माण गर्ने तथा सरसमान राख्ने मापदण्ड बनाइएपछि स्थानियहरु पुरै जग्गा मिच्दै बाटोको छेउछाउ समेत क्याप्चर गर्न थालेका छन् ।
जिल्लाको रामग्राम नगरपालिकाको बैरिहवाँ चाके, उजैनी चोक, पाल्हीनन्दनको बेलासपुर, कुश्मा पर्सिया, हरपुर र मेहसपुर नाकामा समेत यस्तो बाटो क्याप्चर गर्ने कार्य बढदै गएको छ । स्थानियहरु बाटोको छेउछाउमा निर्माण सामाग्री, गिट्टीबालुवा, ढुङ्गामिस्कट, पसल टंकी, फुतपाते पसल, कबाड, परालभुस, राख्ने कार्यले बाटो चुम्चिदै गएको छ । बाटो छेकिने गरि राखिएको सरसमानले सवारी साधन आवत जावत गर्न निकै कठिनाई भैरहेको चालकहरु बताउँछन् ।
चालकहरु भन्छन् बाटो साँगुरिदै जाम हुन थालेको छ । विपरित दिशााट आउने सवारी साधनलाई साईड दिन कठिनाई भैरहेको छ । रातीको समयमा त गाडी राखिएका सरसमानमै ठोकिन पुग्ने सम्भावना बढदै गएको छ । यसरी टु–लेनको सडकलाई स्थानियहरुले बाटोमा निर्माण सामाग्री तथा पसल थापेर १–लेनको बनाई दिए छन् । साँगुरो बाटोका कारण हामी दुर्घटनाको उच्च जोखिममा पर्न थालेको चालकहरु गुनासो गरे ।
यतिमात्र होईन पुर्वपश्चिम राजमार्ग, हुलाकी सडक, महेसपुर त्रिवेणी सडक, बर्दघाट त्रिवेणी सडक सहित विभिन्न भित्री सडकको हालयत पनि यहि छ । यस तर्फ सम्बन्धित निकायको ध्यान पटक्कै नरहेको यात्रीले गुनासो गरे । साँगुरिदै गएको बाटोलाई सरसमान हटाई फराकिलो गराईदिन चालकहरु जिल्ला प्रशासन र सडक डिभिजन कार्यालय संग आग्रह गरेका छन् ।



