दमक/दमकमा धिमाल जातिले पहिलो नागरिकको दर्जा दिइएको छ । सोमबारदेखि लागु हुने गरी यहाँ रहेका धिमाल जातीहरुले ‘फस्ट सिटिजनसिप’ को दर्जा पाएकाछन् ।

सोमबार शुरु भएको पहिलो नगरसभामा नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बिशेष प्रस्तावको रुपमा यसलाइ पेस गरेपछि सर्वसम्मत रुपमा पास भएको छ ।

नगरपालिकाका प्रमुख ओलीले अब हरेक सार्वजनिक कार्यक्रमहरुमा धिमालहरुकोसहभागिता शुनिश्चित हुने छ । औपचारिक कार्यक्रमहरुमा धिमाल जातीको लागि एउटा कुर्सि बेग्लै राखिने छ भने बिशिष्ठ ब्याक्तिको रुपमा उसलाइ आसनग्रहण समेत गराइने छ । यसको कार्यबिधि बनाएर लागु गरिने पनि उनले जनाएकाछन् ।

धिमाल अगुवा लोकबहादुर धिमालले यो गर्वको बिषय भएको प्रतिक्रिया दिएकाछन् । स्थानीय सरकारले आदिबासी जातीलाइ गरेको सबैभन्दा ठूलो सम्मानको रुपमा आफूहरुले लिएको धिमालले बताए ।

धिमाल जातिको यो सम्मानले अन्यत्र पनि आदिबासी समुदायले यस प्रकारको सम्मान पाउने उनको भनाइ छ । संयुक्त राष्ट «संघको आइएलओ १६९ को कार्यन्वयन दमकबाट भएको उनले टिप्पणि गरे ।

धिमाल जाति झापा मोरङ्ग र सुनसरी जिल्लामा ९२ वस्ती आफ्नै संस्कार र संस्कृतिमा अवस्थित रहेको छ । ऐतिहासिक कालखण्डहरुको वृतान्तहरु धिमाल समाजमा आज पनि उत्तिकै विद्यमान छ ।

आफ्नो छुट्टै भाषा, मौलिक परम्परा देखि लिएर निति नियम निर्माण गर्ने प्रकृया गाउँ मुखिया देरामाझी ले नेतृत्व गरेको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah