दमक नगरपालिकाले एक बर्षभित्र दमकका कुनै पनि घर बिद्यूत बिहिन नहुने योजना अघि सारेको छ । दमक नगरपालिकाकी उपपमेयर गिता अधिकारीका अनुसार आउदो एक बर्षभित्र दमकका सबै घरमा बिजूलि पुर्याउने लक्ष्य लिइएको छ । शहरी क्षेत्रमा पर्ने केहि वाड बाहेक सबै वाडहरुमा बिद्यूतिकरणको समस्या रहेको छ ।
दश वटै वाडहरुमा बिद्यूतिकरण गरिसक्ने लक्ष्य लिईएको मंगलवार पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिद्यूतिकरण बिषयमा अध्ययन गरेर प्रतिबवेदन पेस गर्न बनेको समितिका संयोजक तथा वडा नं. १० का वडाध्यक्ष बोधराज न्यौपानेले करिब साढे ३ करोड रुपिया लाग्ने अनुमान गरिएको छ ।
दमकका ग्रामिण क्षेत्रहरुमा बाँसमा लामो दुरीमा तार कुदाएर पनि बिजूलि बाल्ने धेरै घर परिवार रहेकाछन् । ति क्षेत्रहरुमा समेत बिद्यूतिकरण हुने बताईएको छ । प्रत्येक वाडहरुमा बिद्यूतिकरण गर्ने क्षेत्रहरुको पहिचान भइसकेको र अब काम अघि बढ्ने वडाध्यक्ष न्यौपानेले जानकारी दिएकाछन् ।



