असोज ३१, काठमाडौं—फेसबुकबाट बेलायती नागरिकको नाममा प्रोफाइल बनाएर नेपालीलाई साथी बनाएर बहुमुल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलर पार्सल गरी पठाइदिन्छु भनी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले नक्कली वेलायती नागरिकको फेसबुक आइडीबाट अाफ्ना फेसबुक साथीहरुलाई बहुमुल्य सामान, पाउन्ड र डलर भएको पार्सल भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त पार्सल प्राप्त गर्नको लागि भारत सरकारको नियमअनुसार विभिन्न कर तिर्नुपर्ने भन्दै आइएमइमार्फत रकम पठाउन लगाई ठगी गरेका थिए।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी घर भई हाल बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी बस्ने पवन न्यौपाने, भोजपुर हतुवाघडी गाउँपालिका ७ घर भई बालुवाखानी बस्ने सन्तोष बस्नेत तथा मोरङको सुन्दर हरैँचा-६ का प्रदीप सुब्बा छन्।

उनीहरुले नक्कली वेलायती नागरिकको फेसबुक आइडीबाट अाफ्ना फेसबुक साथीहरुलाई बहुमुल्य सामान, पाउन्ड र डलर भएको पार्सल भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त पार्सल प्राप्त गर्नको लागि भारत सरकारको नियमअनुसार विभिन्न कर तिर्नुपर्ने भन्दै आइएमइमार्फत रकम पठाउन लगाई ठगी गरेका थिए।

ठग समूहले सन्तोष बस्नेत, सिमा गुरुङ , सुनिमाया गुरुङ, भरत कार्की, हिमा माझी र टकमाया कार्की लगायतको नागरिकता प्रयोग गरी विभिन्न मितिमा आईएमईमार्फत रकम भुक्तानी लिई करोडभन्दा बढी ठगी गरेकाे थियो। उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज २९ गते झापाको काँकरभिट्टाबाट पक्राउ गरी ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

सिआईबीले भरत कार्की, सिमा गुरुङ, सुनिमाया गुरुङ, हिमा माझी, सन्तोष बस्नेत र टंकमाया कार्कीको नाममा कोही कसैलाई फोन वा फेसबुकबाट पार्सल परेको छ भनी रकम पठाउन लगाई ठगी गरेको भए ब्युरोमा सम्पर्क राख्न अनुरोध गरेको छ।

स्रोत- नागरिक न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah