प्रधानमन्त्री शेरबहादुर देउवाको लामो कसरतपछि नेकपा माओवादी केन्द्र सरकार छाड्ने अन्तिम कसरतमा जुटेको थियो । सत्ता सहयात्री दल विपक्षी नेकपा एमालेसग चुनावी गठबन्धन बनाएपछि चिढिएका प्रधानमन्त्री देउवाले पटक पटक सरकार छाड्न धम्की दिदै आउनु भएको थियो । सो कुरा माओवादीका नेता तथा स्वयम काग्रेसका नेताहरुले सार्वजनिक रुपमै भन्दै आएका थिए ।
जसको तयारी स्वरुप राप्रपाका ८ जनालाई विना विभागिय मन्त्री र राज्यमन्त्रीका रुपमा प्रधानमन्त्रीले सरकारमा भित्र्याउनु भईसकेको थियो । माओवादी पनि प्रधानमन्त्रीको ढिप्पी अगाडी टिक्न नसकेर सरकार छाड्ने अन्तिम तयारीमा जुटिसकेको थियो । जसका लागी माओवादीका दुई मन्त्रीले पत्रकार सम्मेलन समेत आयोजना गरिसकेका थिए । यता, प्रधानमन्त्री पनि माओवादी बाहिरिने भएको भन्दै सरकारमा मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने तयारीमा जुट्न भएको थियो । प्रधानमन्त्री देउवाको आफ्नो योजनामा सफल भएको खुसियाली मनाउने क्रम शुरु नहुदै एकाएक माओवादीको निर्णय बाहिरियो । कि सरकारले निर्वाचनको मिति सार्दै छ, अब त झ्न सरकार छाडिदै छाड्न्नि ।
ललितपुरको एक घरमा एमाले र माओवादी एकता संयोजन समितिको बैठक बसेको थियो । जसमा दुवै दलले सरकार छाड्नु नै उत्तम हुने भन्दै निर्णय समेत गरेका थिए । त्यसै क्रममा माओवादीका केही नेतालाई भने निर्वाचन सर्न लागेको सुचनाको हल्का सुइको पाएका थिए । उनिहरुले यो सुचना आधिकारीक हो कि होइन भन्दै अदालत र निर्वाचन आयोगमा सम्पर्क गरेका थिए । अदालतबाट नभई यो समचार आयोगका एक उच्चपदस्थ कर्मचारीले पुष्टि गरिदिए ।
त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारमा खैला बैला भयो । कि निर्वाचन सार्ने सुचना कहाबाट बाहिरियो । सुचना बाहिरिएको थियो, निर्वाचन आयोगबाट । निर्वाचन आयोगका एक उच्च कर्मचारीबाट यो सुचना माओवादी केन्द्रका दोस्रो तहका नेतामा पुगेको थियो । विहान प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालविचको छलफलमा पनि सरकार छाड्ने निर्णय माओवादीले सुनाएको थियो । भेटमा अध्यक्ष दाहालले सरकार छाड्न आफुहरु तयार भएको तर निर्वाचन यताउति गरे परिणाम ठिक नहुने चेतावनी दिदै बाहिरिनु भएको थियो । त्यसपछि ललितपुरको एक घरमा एमाले र माओवादी एकता संयोजन समितिको बैठक बसेको थियो । जसमा दुवै दलले सरकार छाड्नु नै उत्तम हुने भन्दै निर्णय समेत गरेका थिए । त्यसै क्रममा माओवादीका केही नेतालाई भने निर्वाचन सर्न लागेको सुचनाको हल्का सुइको पाएका थिए । उनिहरुले यो सुचना आधिकारीक हो कि होइन भन्दै अदालत र निर्वाचन आयोगमा सम्पर्क गरेका थिए । अदालतबाट नभई यो समचार आयोगका एक उच्चपदस्थ कर्मचारीले पुष्टि गरिदिए । सरकारले मंसीर १० गतेको निर्वाचन सारेर २१ गते एकै चोटी गर्ने तयारी गरिरहेको बताईदिए ।
त्यसपछि माओवादीमा यो समचार पुग्यो । लगत्तै अध्यक्ष दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसग सिंहदरवारमा भेटवार्ता गर्नुभयो । भेटमा दुवै पार्टीले निर्वाचन सार्ने खेल असफल बनाउन सरकारमै रहने निर्णय गरे । उनिहरुले कुनै पनि हालतमा निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय यथास्थितिमा राख्न मन्त्रीहरुलाई निर्देशन दिदै सोही सुचना पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न निर्देशन दिए । बाम गठबन्धन बनेपछि सरकारले भने पटक पटक निर्वाचन सार्ने कुरामा आन्तरिक र बाह्य छलफल तिव्र बनाएको थियो । पछिल्लो पटक राष्ट्रपतिको समेत सहमति जुटाउन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत पहल गर्नुभएको थियो ।
यसैविच, माओवादी मन्त्री नहट्ने भएपछि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालविच पुन छलफल हुदैछ । छलफलमा देउवाले माओवादी मन्त्रीलाई विनाविभागिय बनाउन लागेको जानकारी दिन लागेको स्रोतले बताएको छ । यसले गर्दा सरकार नेतृत्वकर्ता काग्रेस र माओवादी विचको द्धन्द अझै बढ्ने देखिन्छ ।



