काठमाडौं । डा. बाबुराम भट्टराई कि बिच्किए वाम तालमेलसाग र कसरी पुगे चुनाव चिन्ह रुखसँग आँखाको मिलन गराउनेतिर भन्नेबारे कथा रोचक छ ।
गोरखाबाट राष्ट्रिय पञ्चायत सदस्य बनेका वीरेन्द्र पोखरेल, सशस्त्र प्रहरीका पूर्व एआइजीद्वय नारायण पाण्डे र ऋषभदेव भट्टराईले बैठकमै बाबुरामलाई भने ‘हामी वामपन्थी बन्न तपाइँसँग आएका होइनौं । बाबुराम भनेर आएका हौं । बैकल्पिक शक्ति भनेर आएका हौं ।’
जनआस्था साप्ताहिकमा खबर छ– केपी ओली र प्रचण्डको पुचछर बन्न आएका होइनौं । यस्तो षडयन्त्र र रातारातको छलकपटपूर्ण राजनीति अनि वाम एकता हामीलाई मञ्जुर छैन् । बाबुरामको सुरक्षार्थ गरिएको एकता हो भने हामीलाई मान्य हुँदैन् ।’
उनीह्रुले आफ्नो बिचार राख्ने क्रमको अन्त्यमा के पनि भन्न भ्याए भने ‘बाबुराम र उनको परिवारको कल्याण होस् ।’ त्यसपछि बाबुरामले राजपा, राजेन्द्र महतोको समेत नाम लिएर भन्न थाले ‘म आवश्यक परे यी दल र कांग्रेससँग पनि तालमेल गरेर जान्छु । तपाइँहरु चिन्ता नलिनुहोस्, यो जहाज डुब्न दिन्न, जसरी पनि पार लगाउँछु ।’
त्यसपछि देउवासँग भेटेर गोरखाको सिट पनि आफ्ना लागि सुरक्षित गराए । उनले वाम तालमेलको बेला झापाबाट देवी ओझालाईसहित हुने गरी १५ सिटको दाबी गरेका थिए । हिसिला पनि काठमाडौंबाट उठ्ने भन्दै थिइन् ।
उनी स्वंय नयाँ शक्तिको उपत्यका इन्चार्ज पनि हुन् । त्यसैको फाइदा उठाउँदै समानुपातिकतर्फ आफ्ना तीनैजना दिदिको नाम सिफारिस गराईन् ।



