बिष्णुप्रसाद पोखरेल/दमक
नगरपालिकाले नगरसभामा दमक बहुमुखि क्याम्पसलाइलाइ पनि प्राथमितामा राखेर यसको बिकासका लागि बिभिन्न निर्णयहरु गरेको पाईएको छ ।
क्याम्पसप्रति नगरपालिकाको अपनत्व देखाएको छ । प्रथम नगरसभाले शिक्षा क्षेत्रको बिकासका लागि बिभिन्न कार्यक्रमहरु ल्याउने क्रममा दमक बहुमुखि क्याम्पसलाइ पनि प्राथमिकतामा राखेको छ ।
दमक क्याम्पसको भौतिक र शैक्षिक बिकासका लागि नगरपालिकाले चासो दिएको उल्लेख गर्दै २५ लाख मूल्य बराबरको फर्निचर सहयोग गर्ने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले प्रस्तुत गरेको नगर बिकास योजनामा उल्लेख रहेको छ । यसभन्दा अगाडि कहिल्यै पनि क्याम्पसको बिषय यसरी प्राथमिकतामा आउन सकेको थिएन ।
दमक नगरपालिकाका उपप्रमुख गिता अधिकारीका अनुसार शिक्षामा दमकमा आमूल परिवर्तन ल्याउने सोच राखिएको छ । सबैका लागि शिक्षा उपमेयर कार्यक्रमसमेत अब लागु हुनेछ ।
यसबाट पढ्नबाट बञ्चित तथा अध्ययन पुरा नगरी छाडेका बिद्यार्थीहरुलाइ पुन बिद्यालय भर्ना भएर पढ्नका लागि आकर्षित गरिने छ ।
अधिकारीले आफू लामो समयदेखि दमक बहुमुखि क्याम्पसमा अध्यापन गराइरहेकाले यसको सुधारका लागि केहि गर्न सकिन्छ भनेर छलफल गरेको र नगर बिकास योजनामा समेत यस बिषयलाइ प्राथमिकतामा राखिएको जानकारी दिइन् ।
दमक बहुमुखि क्याम्पसको संचालन ब्यवस्थापन सम्बन्धमा सुधार गर्न एक उच्च स्तरीय कार्यदल गठन गरिने उनको भनाइ रहेको छ ।
३ महिनाभित्र कार्यदलले क्याम्पस सुधारको बिषयमा राय सुझाव दिने र त्यस अनुसार अघि बढ्ने अधिकारीले बताइन् ।



